IME Life

रेलको प्रस्ताव बोकेर दुई दर्जन चिनियाँ काठमाडौं आउँदै

SPIL
NIC ASIA

काठमाडौं । नेपाललाई भूपरिवेष्ठितबाट भूजडित बनाउने घोषणा गरेको चीनले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको प्रस्ताव बोकेर झण्डै दुई दर्जन चिनियाँ काठमाडौं आउदैछन् ।

बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्ग निर्माणको लागि फिजिबिलिटी अध्ययनको लागि ठूलो संख्यामा चिनियाँ टोली काठमाडौं आउन लागेको हो । यही मंगलबारदेखि काठमाडौंमा हुने उच्चस्तरीय वार्तामा सहभागी हुन आगामी सोमबार चिनियाँ टोली काठमाडौं आउन लागेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको रेल विभागका अनुसार आगामी मंगलबार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा नेपाल–चीनबीच औपचारिक छलफल हुनेछ । स्रोतका अनुसार उक्त आयोजनाको लागि लगाडीको मोडेल मुख्य चुनौतिको रुपमा रहेको छ । नेपाल सरकारले चीन सरकारले अनुदानमा बनाईदिए हुने प्रस्ताव अघि सारेको छ भने चीन सरकारले अपनत्व हुने गरी नेपाल सरकारले पनि लगानी गरे राम्रो हुने प्रस्ताव गरिरहेको छ । २३ सदस्यीय चिनियाँ प्राविधिक तथा रणनीतिक टोलीले काठमाडौं–पोखरा रेलमार्गको समेत सम्भाव्यता अध्ययन गर्नेछ । चिनियाँ रेलवे प्रशासनका उच्च अधिकारीको नेतृत्वमा नेपाल आउन लागेको टोलीले केरुङ–काठमाडौं रेलमार्गलाई ठोस रुप प्रदान गर्ने आशा गरिएको छ ।

Prabhu
Crest

सो रेलमार्गको प्रिफिजिबिलिटी रिपोर्ट तयार भइसकेको छ । प्रिफिजिबिलिटी रिपोर्ट अनुसार कूल ७२ किमी रेलमार्गको अधिकांश भूभाग सुरुङ हुनेछ भने नुवाकोटमा निकै अग्लो पुल हुनेछ । साढे दुई खर्ब कूल लागत अनुमान गरिएको आयोजना सम्पन्न भएमा नेपालले चीनमार्फत विश्व बजारमा रेलवे सेवामार्फत पहुँच खुल्ला हुनेछ । यस आयोजना बन्ने भएमा अर्बौ रुपैयाँको बीमा कारोबार हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS