Prabhu Life Ad Final

मन्त्रिमण्डल पुनर्गठन स्थगित

IME PAY

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्ने भनिएको मन्त्रिमण्डल पुनर्गठन स्थगित हुने भएको छ । सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्ने र सोको लागि नयाँ मन्त्रीहरु कस कसलाई बनाउने सम्बन्धमा तीव्र दौडधुप चलिरहेकै बेला प्रधानमन्त्री ओलीले आजको लागि तोकिएको मन्त्रिमण्डल पुनर्गठन स्थगित गरएको बालुवाटार स्रोतले जनाएको छ ।

मौजुदा मन्त्रिपरिषदमा रहेका सदस्यहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै पार्टीभित्रबाट चर्को आलोचना भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रक्रिया अघि बढाएका थिए ।

NCHL

आइतबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठन गर्ने निर्णय समेत भएको थियो । सो बमोजिम सोमबार आफ्नातर्फबाट मन्त्रि बनाउनेहरुको सूचि बोकेर प्रचण्ड बालुवाटार पुगेपनि छलफल अझै जारी राख्नुपर्ने भएकोले आजको लागि तोकिएको मन्त्रिमण्डल पुनर्गठन स्थागित गरिएको जनाइएको छ ।

सोमबार साँझसम्म मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको भनिएपनि प्रधानमन्त्रीले शीर्ष नेताहरुसँग छलफल जारी राखेकोले आजै नगर्ने र एक दुई दिनपछि सारिएको जनाइएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x