गुराँस लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।
कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १९ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड ४३ लाख कमाएको थियो। यस अवधिमा पुँजी वृद्धि ५८ प्रतिशत तर कम्पनीको खुद नाफामा ३१ प्रतिशतको वृद्धि देखिएकाले कम्पनीको प्रति शेयर आम्दानीमा गिरावट आएको छ तर जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी पश्चात मात्र वास्तविक प्रति शेयर आम्दानी र नाफा प्राप्त हुने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १३ रुपैयाँ ६२ पैसा रहेको छ।
कम्पनीको जगेडा कोष ८ प्रतिशतले वृद्धि हुँदै ३० करोड ९८ लाख पुगेको छ भने जीवन बीमा कोष ३६ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब २३ करोड पुगेको छ।
खुद बीमा शुल्क आर्जन रकम २६ प्रतिशतले वृद्धि हुँदै ४४ करोड ८५ लाख पुगेको छ भने खुद दावी भुक्तानी ११२ प्रतिशतले वृद्धि हुँदै ७ करोड ५० लाख पुगेको छ।
भुक्तानी हुन् बाँकी दावी १७० प्रतिशतले वृद्धि हुँदै ८८ लाख ९५ हजार पुगेको छ।