IME Life

‘छोरा–छोरी जहाज दुर्घंटनामा बिते, बीमा र क्षतिपूर्ति माग्दा मुद्दा खारेज गर्ने धम्की दिइयो’

SPIL
NIC ASIA

काठमाडौं । सोमबार काठमाडौंको मिडिया इन्टरनेशनलको हलमा आयोजित पत्रकार सम्मेलनमा बिदुरमान श्रेष्ठ आँसुका ढिक्काहरुलाई दायाँ बायाँ हुत्याउँदै पत्रकारहरुका जवाफ दिइरहेका छन् । २०७४ साल फागुन २८ गते काठमाडौंमा भएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी स्व. एन्जिला श्रेष्ठका बुवा बिदुरमानले भाव विह्वल हुँदै भने, ‘दुर्घटनामा हामीले आफ्ना छोराछोरीहरु गुमायौं, अहिले जहाज कम्पनीका काठमाडौंस्थित वकिलले उल्टै धम्की दिए ।’ पत्रकार सम्मेलनमै उपस्थित स्व. निमा महर्जनकी आमा लक्ष्मीले आँसु झार्दै भनिन्, ‘न्याय पाइएला भनेर मुद्दामा गयौं, अब धम्की आउन थाल्यो, न्याय पाउने आशा हरायो !’

युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका सात जना विद्यार्थीका आफन्तलाई हवाई जहाज कम्पनीले वकिल लगाएर मुद्दा हराईदिने चेतावनी दिँदै मुद्दा फिर्ता लिन धम्की दिएपछि पीडित परिवारले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका हुन् । उनीहरुले न्यायको लडाई जारी रहेको र कसैसामू नझुक्ने भन्दै न्याय पाउने कुराको सुनिश्चित गर्न सर्वोच्च अदालत तथा नेपाल सरकार समक्ष माग गरेका छन् ।

Prabhu
Crest

युएस बंगला एयरलाइन्सले नियुक्त गरेको आधिकारिक कानुन व्यवसायी प्रधान एण्ड एशोसिएट्सका प्रबन्ध निर्देशक देवेन्द्र प्रधानले पीडितहरुलाई पत्र लेखेरै धम्की दिएको खुलेको छ । प्रधान एण्ड एशोसिएट्सका अधिवक्ता आदित्य कंसाकारले पीडितहरुको तर्फबाट मुद्दा लडेका वकिलमार्फत पत्र पठाएको स्वीकार गरेका छन् । पीडितहरुले न्याय पाउनुको सट्टा उल्टै धम्कीको सामना गर्नु परेपछि गत कार्तिक २० गतेका लागि तोकिएको पेशी स्थगित गरेर घटना सार्वजनिक गरेका हुन् ।

करिब २० महिनाअघि भएको युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई बीमा रकम र क्षतिपूर्ति रकम नदिन अनेकन प्रयत्न गरिरहेको एयरलायन्स कम्पनीले पीडित परिवारलाई काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दा समेत खारेज गरिदिने धम्की दिएपछि पीडितहरु झनै पीडित बन्न पुगेका छन् ।

मंगलबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरेर मृतकका आफन्तहरुले युएस बंगला एयरलायन्सका कानुन व्यवसायी प्रधान एण्ड एशोसियट्सका देवेन्द्र प्रधानले एक पत्र पठाई मुद्दा खारेज गरिदिने धम्की दिँदै पीडितलाई थप पीडा दिएको जनाएका छन् । पत्रकार सम्मेलनमा आफन्तको शोकमा भावविह्वल हुँदै प्रस्तुत भएका पीडितका आफन्तहरुले युएस बंगला एयरलाइन्सले एक्चुरियल भ्यालुएशनको आधारमा क्षतिपूर्ति नदिएको र न्याय माग्दा उल्टै धम्की दिएको गुनासो गरेका छन् ।कानुन व्यवसायी प्रधानले युएस बंगला एयरलाइन्सको आधिकारिक धारणा भन्दै गत कार्तिक २० गतेको लागि तोकिएको पेशीमा मुद्दा नै खारेज हुने पत्र पठाएका थिए । धम्कीपूर्ण पत्रपछि पीडितहरुले पेशी नै स्थगित गरेका छन् । पीडितका आफन्तले धम्की दिएको तथ्य सार्वजनिक गर्दै सो सम्बन्धमा नेपाल बार एशोसिएशन, प्रधान न्यायाधिशलाई समेत न्याय पाउने कुराको सुनिश्चित गर्न अपिल गरेका छन् ।

युएस बंगला एयरलाइन्सको तर्फबाट गत नोभेम्वर १ तारिखका दिन दुर्घटना पीडितलाई पठाएको पत्रमा दुर्घटनाका बखत मोन्ट्रेल कन्भेन्सन्, १९९९ को नेपाल र बंगलादेश दुवै सदस्य राष्ट्र नरहेको, विश्वभर यस्ता मुद्दामा हारेका २८ वटा मुद्दाको फाइल प्रस्तुत गर्न सकिने, उल्लेखित सन्दर्भमा सन् १९२९ को वार्स कन्भेन्सनका आर्टिकल २९ अनुसारको दावी गर्न नसकिने भन्दै दुर्घटनामा ज्यान गुमाएका पीडितहरुलाई एक्चुरियल भ्यालुएशनको आधारमा नभई युएस बंगला एयरलाइन्सले दिएको अफर स्वीकार गर्नु नै उत्तम रहेको भन्दै मुद्दा फिर्ता लिन दवाव दिएको छ ।

युएस बंगला एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जना पीडितहरुलाई कूल दुई अर्ब १० करोडभन्दा बढि क्षतिपूर्ति तिर्नुपर्ने एक्चुरियल भ्यालुएशनले सिफारिस गरिसकेको छ ।

सन् २०१८ मार्च २२ तारिखका दिन ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा सो जहाजमा सवार ५१ जनाको निधन भएको थियो । मृतक मध्ये २२ जना नेपाली थिए । मृतकका अन्य आफन्तलाई जहाज कम्पनीले केही पैसा दिएर थामथुम पारेपनि सात जना पीडितका आफन्तले भने अन्तर्राष्ट्रिय कानुन अनुसारको एक्चुरियल भ्यालुएशन अनुसारको क्षतिपूर्ति पाउनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । अन्तर्राष्ट्रिय महासन्धी अनुसार क्षतिपूर्ति दिनुपर्नेमा जम्मा २० हजार डलर मात्रै क्षतिपूर्ति दिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार युएस बंगला एयरलाइन्सले प्रतियात्रु ५० हजार डलरको बीमा गरेर ढाका–काठमाडौं–ढाका हवाई सेवा सञ्चालन गरेको थियो । कम्पनीले यात्रु बीमा बापतको रकम समेत भुक्तानी गरेको छैन ।

अन्तर्राष्ट्रिय प्रचलन दुर्घटनाका पीडितलाई दिइने क्षतिपूर्तिको सम्बन्धमा निकै गम्भिर बन्नुपर्ने आईकाओको नियम छ । दुई वर्षअघि दुर्घटनामा परेको लायन एयरमा ज्यान गुमाउनेको परिवारसँग हवाई जहाज निर्माता कम्पनी बोईङको उच्च स्तरीय टोली मृतकको गाउँमै पुगेर भेटवार्ता गरेर समस्याको समाधान गरेको थियो भने इथोपियन एयरलायन्सको जहाज दुर्घटनामा ज्यान गुमाउनेलाई मनाउन बोईङ कम्पनी आफै सक्रिय छ ।युएस बंगला एयरलायन्सले दुर्घटनाका पीडितहरुलाई आजसम्म एक पटक पनि भेट्न चाहेको छैन । कानुन व्यवसायीमार्फत धम्क्याउने र फकाउने गर्दै आएको सो कम्पनीले यसअघि प्रभाकर अधिकारी नामका अर्का वकिललाई किनेर मुद्दा नै कमजोर बनाउने प्रयास गरेको थियो । अधिवक्ता अधिकारीका विरुद्धमा बार काउन्सिलमा उजुरी नै परेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS