SKIP THIS

GBIME
IME Life
Beema Board

प्रभु बैंकको नाफा, खराव कर्जा दुवै बढ्यो, अन्य वित्तीय अवस्था कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु बैंकले चालु आ.व को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । पहिलो त्रैमासमा बैंकको खराब कर्जामा बृद्धि भएको छ । पहिलो त्रैमासमा बैंकले नाफा सामान्य अंकले बृद्धि गर्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २.५१ बाट बढेर ३.३२ प्रतिशतमा पुगेको छ । खराव कर्जा भएका बैंकहरु किष्ट, ग्राण्ड बैंकलाई मर्जरमा ल्याएको बैंकको खराव कर्जा दोहोरो अंकबाट तल झार्न सफल भएपनि यस पटक भने सामान्य बृद्धि भएको हो । खराब कर्जा तीन प्रतिशतभन्दा माथि पुग्नु राम्रो मानिदैन । हाल नयाँ प्रणाली अन्तर्गतको एनएफआरएस वित्तीय विवरण अनुसार प्रभु बैंकले प्रथम त्रैमाससम्ममा एक खर्ब ६ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ६८ करोड ५३ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेर कूल एक अर्ब ४० करोड खूद ब्याज आम्दानी गरेकोे छ । यद्यपि बैंकको स्प्रेड दर पनि बृद्धि भएकोले बैंकले ऋणमा ब्याजदर घटाउनु पर्ने वा बचतमा ब्याजदर बृद्धि गर्नुपर्ने देखिएको छ ।

Prabhu
Crest

समीक्षा अवधीमा बैंकको असोज मसान्तसम्मको मुनाफा ६२ करोड ८४ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा बैंकले ५९ करोड ८४ लाख ३८ हजार मुनाफा कमाएको थियो । यस आवमा बैंकको मुनाफा अझै बढ्ने भएपनि खराव कर्जामा बृद्धि हुँद घट्न पुगेको हो । बैंकले पहिलो त्रैमासमा वित्तीय कारोबारमा उल्लेख्य प्रगति गर्न सफल भएको देखिएको छ । गत आवको प्रथम त्रैमासको तुलनामा बैंकको निक्षेप संकलन ९८ करोड र कर्जा लगानी ५ अर्ब ८६ करोड ४१ लाख रुपैयाँले बढाउन सफल भएको छ । यद्यपि बैंकले निक्षेप बृद्धि जम्मा एक प्रतिशतले गर्न सफल भएको छ भने कर्जा लगानी ६.८३ प्रतिशतले विस्तार भएको बैंकको वित्तीय विवरणमा उल्लेख छ ।

आठ अर्ब ८९ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँ ३५ पैसा बढेर २८ रुपैयाँ २७ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.३७ गुणामा झरेको छ । बैंकको नाफा खराब कर्जा बृद्धिले गर्दा ६२ करोडमै सिमित हुन पुगेको हो । भने स्प्रेड दर घटाउनु पर्ने दवावले आगामी चालु त्रैमासमा ब्याज आम्दानीमा असर पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS