SKIP THIS

GBIME
IME Life
Beema Board

मन्त्रीहरुलाई राजिनामा दिन प्रम ओलीको सांकेतिक निर्देशन !

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सचिवालय सदस्यहरुले राम्रोसँग काम नगरेको आरोपमा बर्खास्त गरेर सबै मन्त्रीहरुलाई एउटा सन्देश दिएका छन्, नतिजामुखी काम गर्न नसक्ने मन्त्रीहरु राजिनामा देऊ । प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार प्रम ओलीले पहिलो चरणमा राम्रो काम गर्न नसकेका मन्त्रीहरुलाई राजिनामा दिन सांकेतिक रुपमा निर्देशन दिइएका छन्, यसपछि औपचारिक रुपमा निर्देशन दिन सक्नुहुन्छ ।

प्रधानमन्त्री ओलीले आफ्ना सबै सचिवालय सदस्हयरुलाई धन्यवाद ज्ञापन गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरेपछि शनिबार अबेर सबै सचिवालय सदस्यहरुले राजिनामा दिइसकेका छन् । यद्यपि नयाँ नियुक्त नहुँदासम्म पुरानैले आवश्यक सहयोग भने गर्दै आएका छन् ।

Prabhu
Crest

आफ्नो सचिवालय सदस्य तथा सल्लाहकारहरुलाई कुटनीतिक तरिकाले हटाएका प्रम ओलीले मन्त्रीहरुलाई समेत अप्रत्यक्ष रुपमा राजिनामा दिन सन्देश दिएका छन् । मुख्यगरी कुनै पनि राम्रो काम गर्न नसकेका मन्त्रीहरुले आफैले कामको मूल्याङ्कन गर्नुपर्ने सन्देश पठाएका छन् । उक्त सन्देशको भित्री आशय राजिनामा गर्नु भन्ने रहेको सूत्रको दावी छ । यही कार्तिक २६ गते बंगलादेशका प्रधानमन्त्रीको नेपाल भ्रमण लगत्तै केही मन्त्रीहरुले राजिनामा गर्ने जनाइएको छ । सचिवालय तथा सल्लाहकारहरुले पनि बंगलादेशका राष्ट्रपतिको भ्रमण सम्पन्न भए पश्चातदेखि लागू हुने गरी आफ्नो पदबाट राजिनामा दिइसकेका छन् । वालुवाटारमा प्रधानमन्त्री ओली नयाँ सल्लाहकार तथा सचिवालय सदस्यहरुको खोजिमा रहेको बताइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS