SKIP THIS

GBIME
IME Life
Beema Board

मसिंर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी एक्स्पो हुने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजी बजार सम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजारसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्ने भएको छ ।

लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको साझेदारीमा आयोजना हुने एक्स्पोको प्रवर्द्धन नेपाल राष्ट्र बैंकले गरेको छ ।नेपाल धितोपत्र बोर्ड र बीमा कम्पनीहरुको नियामक निकाय बीमा समिति समेतको साझेदारीमा आयोजना हुन लागेको एक्स्पोको मूख्य आयोजक भने मिडिया इन्टरनेसनल रहेको छ ।

Prabhu
Crest

विगत २ वर्षदेखि काठमाडौंमा बैंकिङ एक्स्पो आयोजना हुँदै आएको छ । तेस्रो संस्करणको एक्स्पो २ गतेसम्म चल्ने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । उनले एउटै छानामुनि बैंकिङ, बीमा, शेयर बजार, रेमिट्यान्स तथा फाइनान्सियल टेक्नोलोजीको सूचना प्रदर्शन एवम् उद्यमशीलता र बैंकिङ लगानीका सवालमा सूचना प्रवाह गर्न बैंकिङ एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।

भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै यसपटक ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)लाई पनि सहभागी गराइएको आयोजकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS