IME Life
Beema Board

पेशागत बीमा अभिकर्ता संघको शाखा ५० जिल्लामा, विस्तार हुने क्रम जारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा अभिकर्ताहरुको हक र अधिकारको संरक्षण गर्न स्थापना भएको पेशागत बीमा अभिकर्ता संघले देशभरका ५० जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गर्न सफल भएको छ ।गत साउनसम्म जम्मा २३ जिल्लामा शाखा रहेको संघको हाल ५० जिल्लामा शाखा सञ्जाल विस्तार गरिसकेको संघका महासचिव बिमल ढुंगानाले इन्स्योरेन्स बताए । ढुंगानाका अनुसार यस वर्ष संघले शाखा विस्तार अभियानको रुपमा सञ्चालन गरिरहेको छ । देशव्यापी रुपमा बीमा कम्पनी पुगी अभिकर्ताहरु नियुक्त भई काम गरिरहेका स्थानमा हामीले शाखा विस्तार गर्न प्राथमिकता दिँदै आएका छौं ।

संघका अध्यक्ष नन्द्र प्रसाद तिवारीले देशव्यापी शाखा स्थापना गर्ने अभियान चलिरहेको बताए । उनले भने, ‘हामीले संगठन विस्तारलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका छौं, बीमा कम्पनीको शाखा पुगेका जिल्लाहरुमा नयाँ शाखा स्थापना गर्ने क्रम जारी छ ।’ बीमा अभिकर्ताको अधिकार खोस्न अध्यारो कुनाबाट षडयन्त्र अझै जारी रहेकाले बीमा अभिकर्ताहरु पेशागत हक र अधिकार स्थापनाको लागि एकजुट हुनुपर्ने बताए । हिमाली जिल्लाहरुमा बीमा कम्पनीहरुको शाखा विस्तारमा प्रभावकारी नभएकोले संघको शाखा स्थापना गर्न कठिनाई महसुस गरेको संघको भनाई छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS