IME Life

प्रथम त्रैमासको आधारमा सिटिजन्स बैंक र सानिमा बैंकलाई दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौँ । सिटिजन्स बैंक र सानिमा बैंकले आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । यी दुबै नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त वाणिज्य बैंक हुन् । इन्स्योरेन्स खबर टिमले यी दुबै बैंकलाई एकै ठाउँमा राखेर गरेको तुलनात्मक अध्ययन:

लाभांश गतिविधि
दुबै कम्पनीले आर्थिक वर्ष २०७५/७६ को साधारण सभा सम्पन्न गरिसकेका छन् । सानिमा बैंकले साधारण सभामा १० प्रतिशत बोनस शेयर र ११ दशमलव ०५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो भने सिटिजन्स बैंकले ३ प्रतिशत बोनश सेयर र १२ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको थियो ।

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा 
सिटिजन्स बैंकको चुक्ता पूँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ भने सानिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।

जगेडा कोष, संचित मुनाफा र शेयर प्रिमियमको आधारमा
सिटिजन्स बैंकको जगेडा कोषमा २ अर्ब ९५ करोड, संचित मुनाफा २५ करोड २७ लाख रहेको छ भने सानिमा बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड, संचित मुनाफा ३४ करोड २४ लाख रुपैयाँ रहेको छ । दुबै बैंकको शेयर प्रिमियम शिर्षकमा कुनै रकम छैन् ।

निक्षेप र कर्जाको आधारमा
सिटिजन्स बैंक भन्दा निक्षेप संकलनमा सानिमा बैंक अगाडी रहेको छ भने कर्जा प्रवाहको आधारमा पनि सानिमा बैंक नै अगाडी रहेको छ ।आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा सानिमा बैंकले ९५ अर्ब ९२ करोड  रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

त्यस्तै सिटिजन्स बैंकले सोही अवधिमा ७२ अर्ब ४३ करोड निक्षेप संकलन गरी ६७ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा पनि सिटिजन्स बैंकभन्दा सानिमा बैंक नै अगाडी रहेको छ । सानिमा बैंकले आर्थिक वर्ष २०७६/७७  को प्रथम त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ भने सिटिजन्स बैंकले सोही अवधिमा ३४ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

प्रति शेयर आम्दानीको आधारमा
प्रति शेयर आम्दानीको आधारमा सानिमा बैंक नै अघि छ । सानिमा बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ ५८ पैसा रहेको छ भने सिटिजन्स बैंकको प्रति शेयर आम्दानी १६ रुपैयाँ २० पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपातको आधारमा
मूल्य आम्दानी अनुपातको आधारमा दुवै समान जस्तै छन् । दुवै बैंकको मूल्य आम्दानी अनुपात १२ गुणा भन्दा मुनी छ । यो  गुणा भन्दा मुनीको मूल्य आम्दानी अनुपातलाई सन्तोषजनक मानिन्छ ।

वितरण योग्य मुनाफा
वितरणयोग्य मुनाफाको आधारमा हेर्ने हो भने पनि सानिमा बैंक नै अगाडी रहेको छ । सानिमा बैंकको वितरणयोग्य मुनाफा २७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने सिटिजन्स बैंकको २१  करोड ३ लाख रुपैयाँ रहेको छ ।

निस्क्रिय कर्जाको आधारमा
सिटिजन्स बैंकको निस्क्रिय कर्जा ० दशमलव ९८ प्रतिशत छ भने सानिमा बैंकको निस्क्रिय कर्जा ० दशमलव २४ प्रतिशत रहेको छ ।

त्यस्तै, सानिमा बैंकको सिसिडी अनुपात ७८ दशमलव ८४  प्रतिशत रहेको छ भने सिटिजन्स बैंकको सिसिडी अनुपात ७८ दशमलव ४१ प्रतिशत छ ।

सिटिजन्स बैंकको आधार ब्याजदर १० दशमलव ७५ प्रतिशत छ भने सानिमा बैंकको ९ दशमलव २१ प्रतिशत रहेको छ ।

नोट : मंसिर १७ गतेको बजार मुल्यको आधारमा मूल्य आम्दानी अनुपात र पीबी रेसियो गणना गरियो।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ 

तथ्यांक श्रोत : कम्पनीको वित्तिय प्रतिवेदन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS