काठमाडौं । एनएमबि लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले निष्काशन प्रक्रियामा रहेको हकप्रदले समेत पाउने गरि लाभांश प्रस्ताव गरेको जनाएको छ । कम्पनीले कार्तिक २४ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।
कम्पनीले १ः१.५ को अनुपातमा १५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्काशनपछि कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने समेत लघुवित्तले जनाएको छ ।