IME Life

मुक्तिनाथ विकास बैंकद्धारा १८ दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७ दशमलव ६० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ० दशमलव ९३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले हालै बिक्री गरेको २० प्रतिशत हकप्रद सेयरपछि कायम ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँबाट लाभांश दिन लागेको हो । तसर्थ, प्रस्तावित लाभांश २० प्रतिशत हकप्रद भर्नेले पनि पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुग्नेछ । बैंकले कुल ६४ करोड ७२ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरुले उक्त प्रस्तावित लाधांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS