IME Life

बैतडीमा सर्वसधारणमाथि डोजर चलाइयो, सात घाइते, कति पर्ला बीमा दावी ?

SPIL
NIC ASIA

काठमाडौं । बैतडी जिल्लामा सडक निर्माणको क्रममा उत्पन्न विवाद साम्य पार्न सर्वसधारणमाथि डोजर चलाउँदा सात जना घाइते भएका छन् । हिटलरको पालामा मात्रै डोजरले पेलेर आफ्ना बिरोधीहरुको हत्या गर्ने चलन थियो ।

मंगलबार बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणका विषयमा विवादभएपछि डोजरले सर्वसाधारणमाथी आक्रमण गरिको छ । गाउँलेहरुबीच विवाद हुँदा सडकमा आएका महिलालाई डोजरको खन्ने भागले सर्वसाधारणलाई आक्रमण गरिएको थियो । आक्रमणमा सात जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । डोजरसहित चालकलाई नियन्त्रणमा लिइएको हो ।

Prabhu
Crest

हेभी इक्वीपमेन्ट अन्तर्गत बीमा गरिएको डोजरको तेस्रो पक्ष बीमा दावी पर्न सक्ने देखिएको छ । स्थानीय ७–८ जना घाइते भएको घटनाको बीमा दावी कम्तीमा पाँच लाखसम्म पर्ने देखिएको छ । यद्यपि उक्त डोजरका मालिकले कुन बीमा कम्पनीमा बीमा गरेका छन् भन्ने खुल्न सकेको छैन । डोजरले आक्रमण गर्ने कार्य दुर्घटना नभएई चालकले जानीजानी आक्रमण गरेकाले बीमा कम्पनीले भुक्तानी नगर्ने अवस्था आउने सक्ने पनि हुनसक्ने जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS