Prabhu Life Ad Final

फर्स्ट माइक्रोफाइनान्स बन्यो पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो संस्था, नाफा २ करोडमाथि

IME PAY
IME Life

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स चालु आर्थिक वर्ष २०७६ /७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलो संस्थाा बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा संस्थाले २ करोड ६८ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा १६ दशमलव ३३ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । रिजर्भ फन्डमा १३ करोड ४९ लाख १ हजार रुपैयाँ जम्मा गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ४ करोड २४ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ३ करोड ७३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सञ्चालन नाफा पनि गत आर्थिक वर्षको सोही अवधिको १६ प्रतिशले बढाएर ४ करोड २३ लाख ५६ हजार रुपैयाँ पुर्याएको छ ।

लघुवित्तको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४१ पैसा छ भने प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ८५ पैसा छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS