IME Life

यस्तो बन्यो पन्त नेतृत्वको एनआरएन टिम

SPIL
NIC ASIA

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । पन्तले अर्का प्रतिष्पर्धी कुल आचार्यलाई १४७ मतले पराजित गर्दै १२१७ मतले विजयी भएका हुन् ।

एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशनले पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । निर्वाचन समितिका अनुसार अधिकाशं पदमा पन्त समुहकै पदाधिकारी विजयी हुनु भएको छ ।

Prabhu
Crest

नयाँ नेतृत्वले आगामी २ वर्ष कार्यभार सम्हाल्नेछ । त्यस्तै, निर्वाचनमा २ हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको जनाएको छ ।

अध्यक्षमा निर्वाचित भएका कुमार पन्तले १२१७ ले विजयी भएका हुन् त्यसैगरी कुल आचार्यले पनि एक हजार ७० मतले अध्यक्षमा निर्वाचित भएका छन् ।

उपाध्यक्षमा डा. बद्री केसीले ११ सय ६३ मत, अर्जुन कुमार श्रेष्ठले एक हजार २६ मत, मन केसीले नौ सय ६१ मत र सोनाम लामाले आठ सय ९८ मतले निर्वा्चित भएका छन् ।

त्यस्तै, महिला उपाध्यक्षमा रविना थापा १ हजार २ सय ३२ मतले निर्वाचित भएकी छिन् भने महासचिवमा डा. हेमराज शर्मा १ हजार १ सय ३९ मतले निर्वाचित भएका हुन् ।

सचिवमा गौरीराज जोशीले ९ सय १६ मत र आरके शर्मा ८ सय ६८ मतले निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ १ हजार ६ सय ५३ मत, सह–कोषाध्यक्ष लोकप्रसाद दाहाल १ हजार १ सय ८४ मतले निर्वाचित भएका छन् ।

महिला संयोजकमा भोमादेवी लिम्बु ७ सय २ मतले विजयी भएकी छिन् भने युवा संयोजकमा
हिमाल गुरुङ ७ सय ६८ मतले निर्वाचित भएको जनाएको छ ।

एनआरएनएले नेपालको बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा ठुलो लगानी गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS