IME Life

भोलिदेखि जगदम्बा मोटर्सको “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” मेला सुरु हुँदै

SPIL
NIC ASIA

काठमाडौं । भोलिदेखि काठमाडौंको भुकुटीमण्डपमा जगदम्बा मोटर्सको “टिभिएस एक्सेञ्ज एण्ड फाइनान्स फेयर” मेला सुरु हुने भएको छ ।

पाँच दिनसम्म चल्ने उक्त मेलाको प्रमुख आकर्षण ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप १० हजार मुल्याङकन जस्ता उत्कृष्ट अफरहरु रहेको छ । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहने भएको छ ।

Prabhu
Crest

कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएस को नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भनें पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् ।

योजना संचालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक श्री शाहिल अग्रवालले – हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं । यो फेयरले ग्राहकहरुलाई टिभिएससँग अझ नजिक बनाउने विश्वास हाम्रो रहेको छ ।

ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भनें किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ ।

टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS