Prabhu Life Ad Final

नेप्से ५ अंकले घट्यो

IME PAY
IME Life

काठमाडौं । आज बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से ५ दशमलव ०१ अंकले घटेर १,१३७ दशमलव ०३ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै १८ अंकले उत्पादनमुल घटेको छ ।

आज दिनभरिमा १ सय ५९ कम्पनीको ७ लाख ३६ हजार ८ सय ८३ कित्ता शेयर किनबेच हुँदा १९ करोड ६६ लाख १८ हजार ९ सय ६३ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

त्यसैगरी नेपाल लाइफको १ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । मेरो माइक्रोफाइनान्स र एभरेष्ट बैंकको ७० लाखमाथिको कारोबार भएको छ । एनआइसी एशिया बैंकको ५९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सबैभन्दा धेरै ग्लोबल आइएमई समुन्नत स्किम १ का लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै सिद्धार्थ बैंका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS