IME Life

एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलन सुरु, लगानी बढाउन राष्ट्रपतिको आग्रह

SPIL
Sanima Reliance

काठमाडौं । नेपालको बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरुमा लगानी गरेका एनआरएनहरुको नवौं अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको छाता संस्था एनआरएनको दुई दिने सम्मेलनले नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन पश्चात सम्पन्न हुनेछ ।
एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन गरेकी छिन् । विश्वभरबाट सहभागी करिब दुई हजार पाँच सय प्रतिनिधिलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गैरआवासीय नेपालीहरुलाई विदेशमा आर्जन गरेको सीप र पूँजीलाई नेपालमा ल्याउनका लागि आग्रह गरिन् । नेपालभन्दा बाहिर कम्पनीमा छ महिना बिताएका गैर आवासीय नेपालीहरुको साझा संस्थालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डरीले यतिबेला मुलुकमा राजनीतिक स्थिरता कायम रहेकोले आर्थिक समृद्धिको लक्ष्य भेट्टाउन विदेशमा आर्जित लगानी स्वदेशमा ल्याउन आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले एनआरएनले नेपालको पूर्वाधार र सामाजिक क्षेत्रमा गरेको लगानीको प्रसंशा गर्दै आगामी दिनमा अझै बृद्धि गर्न आह्वान गरिन् । सोही कार्यक्रममा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सबैले भूमिका खेल्न आग्रह समेत गरिन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x