IME Life
Beema Board

२५.२६% लाभांश पारित गर्न सिदार्थ बैंकले डाक्यो एजिएम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंकले कात्तिक ७ गते बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौंमा बिहान ११ बजे साधारण सभा आब्हान गरेको छ ।

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले ८६ करोड ८५ लाख ५७ हजार ३१२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

Prabhu
Crest

सभामा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत हुने भएको छ । आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि सिद्धार्थले असोज २९ गते बुक क्लोज गर्नेछ । असोज २८ गतेसम्म कायम सेयरधनीले लाभांश पाउन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ छ । प्रस्तावित बोनसपछि पुँजी ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS