IME Life
Beema Board

सुनाकोठी र सतुंगलको सवारी दुर्घटनामा दुईको जनाको मृत्यु, बीमा दावी पर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । दशैंको मुखमा बुधबार काठमाडौंको सतुंगल र ललितपुरको सुनाकोठीमा भएका दुई छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सार्वजनिक सवारी साधनको ठक्करबाट मृत्यु भएकोले बीमा कम्पनीहरुमा तेस्रो बीमा दावी पर्ने देखिएको छ ।

ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित चापागाउ–लगनखेल सडकमा बा४ख ८२५० नम्बरको बसले ठक्कर दिँदा ७० वर्षीया रुकु कार्कीको मृत्यु भएको छ । उनको मृत्युसँगै बुधबार विहानभरि चापागाऊ हुँदै लगनखेलतर्फ चल्ने अधिकांश सवारी साधनहरु चलेनन् । उक्त दुर्घटनाको बसका चालक फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । स्थानीयबासीले दुर्घटनामा बस चालकको गल्ती भएको भन्दै चालकलाई कारवाही नगरेसम्म सडक आवागमन नखोल्ने भन्दै आन्दोलन गरेका थिए ।

Prabhu
Crest

यता काठमाडौंको, चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित सडकमा बा३ख ३८१७ नम्बरको टिपरले बा२६प ४९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना मोटरसाईकल चालक गम्भिर घाइते छन् । टिपरको ठक्करबाट चितवन रत्ननगरका सुनिल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ललितपुर इमाडोलका टीकाबहादुर बानियाँको ओम समाज अस्पताल सतुङ्गलमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उल्लेखित दुर्घटनामा टिपर तथा बसको बीमा गर्ने कम्पनीमा बीमा दावी पर्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS