IME Life

दशैंको टीका मंगलबार, घटस्थापनाकै दिन भूकम्प

SPIL
NIC ASIA

काठमाडौं । यस वर्षको दशैंको टीका मंगलबार परेको छ । दशैंको टीका मंगलबार पर्नु ज्योतिषशास्त्रीय दृष्टिकोणबाट सकारात्मक रुपमा लिने गरिएको पाइदैन । शनिबार र मंगलबार टीका परेको दशैंको टीका कतिपयले नलगाउने समेत गरेका छन् ।मंगलबारको दशैंको टीकाले देशमा झगडा, द्वन्द सिर्जना गर्ने तथा वित्तिय क्षेत्रमा समेत सकारात्मक परिणाम नदिने ज्योतिषहरुको भनाई छ । ज्यो।प। हरिबोल प्रसाद शर्माले यस वर्षको बिजया दशमीको टीका मंगलबार परेको सन्दर्भमा संक्षिप्त प्रतिक्रिया दिँदै १० बजेभन्दा अगाडि मान्यजनका हातबाट टीका नलगाउनु नै उत्तम हुने सुझाव दिए । प। शर्माले भने, ‘बिहान १० वजेसम्म टीका लगाउन मिल्दैन, त्यसपछि भने लगाउँदा केही फरक पर्दैन । मंगल भनेकोले खरो हो, धेरै झमेला, द्वन्दको जोखिम हुन्छ ।’ पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको टीकाको साईत विहान १०ः३५ बजेका लागि तय गरेका छन् ।

उता, दशैं पहिलो दिन घटस्थापनासँगै दुई जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । आइतबार बिहान बागलुङ र रोल्पा सीमानामा केन्द्रविन्दु भएर ४।४ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पाको सीमाना आसपासको केन्द्रविन्दु भूकम्प गएको छ ।

Prabhu
Crest

यस वर्षको बडा दशैंको पहिलो दिन घटस्थापनाकै दिन भूकम्पले हल्लाउनु र दशैंको टीका समेत मंगलबार पर्नुलाई खराव संयोगको रुपमा चर्चा गर्न थालेका छन् ।

भूकम्प सबैभन्दा ठूलो प्राकृतिक चुनौति हो । विश्वका कुनै न कुनै बीमा कम्पनीले बर्षेनी भूकम्पबाट क्षति भएको सम्पत्तिको बीमा दावी भुक्तानी गर्न बाध्य हुँदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS