IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको १३ औँ साधारण सभा सम्पन्न, ६० प्रतिशत हकप्रदबारे जानकारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले उक्त साधारण सभा बुधबार सम्पन्न गरेको हो । सधारणसभामा कम्पनीले जारी गर्नै लागेको ६० प्रतिशत हकप्रद शेयरबारे जानकारी गराएको छ ।

सभाले कम्पनीको संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन लगायतका विषयहरु पारित गरेको छ । कम्पनीले एनएफआरएसका कारणले गर्दा यस वर्ष लगानीकर्ताहरुलाई लाभांश दिन नसकेको जानकारी गराएको छ ।

Prabhu
Crest

सधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल प्रसाद वाग्लेले कम्पनीले प्रगति गर्दै गएको र आगामी दिनमा पनि “सबैको सुरक्षा, एनएलजीको ईच्छा” भन्ने नाराका साथ निर्जिवन बीमा सेवा अझै प्रभावकारी बनाउने बताए ।

उक्त कार्यक्रममा २०७३ सालको एसईईमा कर्णाली अञ्चलबाट सामुदायीक विद्यालय मध्य सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुनु भएकी छात्रा समृद्धि बोहरालाई नगद पुरस्कार सहित सम्मान गरिएको कम्पनीले जनाएको छ । त्यस्तै यस वर्षको एनएलजी उत्कृष्ट कर्मचारी पुरस्कारबाट जनार्जन खनाल र सबेरा कार्की पुरस्कृत भएका छन् । कार्यक्रममा अध्यक्ष बिमल प्रसाद वाग्लेले सम्मान गरेका हुन् ।

कम्पनीले बीमा समितिको निर्देशन अनुरुप कम्पनीले एक अर्ब चुक्ता पुँजी पुर्याउनका लागि ६० प्रतिशत हकप्रद शेयर जारी गर्ने छ । कम्पनीले हकप्रद शेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा विवरण दर्ता गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS