Prabhu Life Ad Final

नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

ताप्लेजङ । नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले फुङ्लीङ नगरपालिका वडा नं. २ निवासी मृतक बीमित दिलमाया शंखरको परिवारलाई २६ लाख ६२ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीका अनुसार मृतक बीमित दिलमायाले २०७४ फाल्गुणमा २० बर्षे नौलो जीवन समृद्धि बीमा योजनामा २५ लाख रुपैयाँको बीमा गरेका थिए ।

NLIC

मृतक बीमित दिलमायाले प्रथम बीमाशूल्क बापत २ लाख १४ हजार ८ सय ६८ रुपैयाँ बीमा शूल्क जम्मा गरेका थिए । मृतक बीमितको २०७५ पौषमा निधन भएको थियो ।

बीमाङ्क २५ लाख र एक बर्षको बोनसबापत एक लाख ६२ हजार ५ सय एकमुष्ट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपाल लाइफका बरिष्ठ एजेञ्सी मेनेजर, एजेञ्सी मेनेजर, ब्राञ्च म्यानेजर, अभिकर्ता लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App