Connect IPS
IME Life
Beema Board

वोमी लघुवित्तको १ लाख २३ हजार कित्ता शेयर लिलामीमा ,बोलपत्र पेश गर्ने अन्तिम दिन कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले असोज ६ गते (सोमबार) बाट १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहको ७६ हजार ७०३ दशमलव ८० कित्ता र सर्वसाधारण समूहको ४६ हजार ५०९दशमलव २० कित्ता सेयर गरी कुल १ लाख २३ हजार २१३ कित्ता सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । आवेदन दिने अन्तिम म्याद असोज १३ गतेसम्म रहेको छ ।कम्पनीले यसअघि साउन ९ गतेदेखि भदौ ११ गतेसम्म १० लाख १० हजार ८८० कित्ता (१०० प्रतिशत ) हकप्रद सेयर बिक्री गरेको थियो । उक्त समयमा नबिकेको हकप्रद सेयर अहिले लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा वोमी लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय भरतपुर चितवनबाट पनि आवेदन दिन सक्नेछन् ।

यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौडा र नारायणघाट शाखाबाट पनि आवेदन दिन सकिनेछ । सिद्धार्थकै पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट पनि आवेदन दिन पाइने व्यवस्था रहेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बेचेपछि वोमीको चुक्ता पुँजी २० करोड २१ लाख ७६ हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीकोे प्रतिसेयर आम्दनी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS