जीवन बीमा ढीलो बुझ्ने हामी नेपाली

6043
निनाम कुलुङ ‘मंगले’

हुन त हामी नेपालीहरु ‘मिस्टर नो अल नै हौं !’ कुनै पनि कुरो आपैmले नपढी, नलेखी, नदेखी, नसुनी अरुले भनेकै भरमा, हाहाहुहुमै सबै कुरो जान्ने–बुझ्ने भैहाल्ने ! त्यसैको आधारमा आप्mनो धारणा बनाई पनि हाल्ने । धारणा बनाई हाल्ने मात्रै होइन, प्रतिक्रिया पनि दिईहाल्ने !

संभवतः त्यही भएर हुनुपर्छ, नेपालीहरुले जीवन बीमाबारे आपैmले खासै केही बुझेकै छैनन् । त्यसैले उनीहरुलाई जीवन बीमा गराउन चाहने एजेन्टहरुले जीवन बीमाबारे बुझाउन खोज्दा पनि बझ्नै चाहँदैनन्, सक्दैनन् । मानौं कि, उनीहरु जीवनका बारेमा ‘मिस्टर नो अल नै हुन् !’ जबकी उनीहरुमध्ये धेरै भन्दा धेरैले जीवन बीमा भनेको के हो ? वास्तविकता बुझेकै छैनन्, सुनेकै छैनन् । त्यसैले उनीहरुले जीवन बीमा के हो, किन गर्ने ? सुन्न-बुझ्न नै चाहँदैनन् । तापनि उनी फेरि पनि ‘मिस्टर नो अल नै हुन चाहन्छन् !’

त्यसो हुनुमा नेपालमा हालसम्म जीवन बीमाबारे सरकारीस्तरमा तल्लो तहदेखि पढाई नहुनु, जीवन बीमाको आवश्यक्ता र महत्वबारे सरकारीस्तरमा व्यापक प्रचारप्रसार र लगानी नहुनु, नेपालका पढालेखा र बुद्धीजीवी भनिएकाहरु र आर्थिक क्षेत्रमा विभिन्न ढंगले लागेकाहरु र आर्थिक रुपमा देशलाई योगदान गरेकाहरु नै जीवन बीमाप्रति नकारात्मक हुनु, नकारात्मक नै नभए पनि नकारात्मक ढंगले टिप्पणी गर्नु आदिलाई लिन सकिन्छ । अझ उनीहरु नै जीवन बीमा भन्नै बित्तिकै पर–पर हुने गर्छन् । तर, आपूm चढेको निश्चित मूल्यको गाडी वा बाईकको भने, बीमा गर्छन्, किनभने, बीमा नगरी गाडी वा बाईकको नवीकरण नै हँुदैन । तर, आप्mनो अमूल्य जीवनको भने बीमा गर्दैनन् । अझ कतिपय यस्ता लाल बुझ्झकड विद्धानहरुले त बीमित हुने संभावना भएको ! क्लाइन्टहरुलाई नै भड्काईदिने गरेका छन् । जो एजेन्टले सयौंपटक, उस्तै परे हजारौपटक धाएर सहमत गराएका हुन्छन् । त्यतिले नपुगेर एजेन्टले जीवन बीमा गराएर उसले पाउने कमिसनप्रति आँखा लगाउनेहरु धेरै भएको हाम्रो देश नेपाल हो । त्यसो भएपछि आमसर्वसाधारण मानिसलाई जीवन बीमा बुझाउन धेरै गाह्रो छ ।

बीमा ऐन–२०४९ ले तोकेको कमिसन दर समयानुकूल बढाउनुपर्ने, (एजेन्टहरुले क्लाइन्टलाई जीवन बीमा गराए वापत कम्पनीबाट पाउने कमिसन, क्लाइन्टबाट होइन), एजेन्टहरुले क्लाइन्टलाई जीवन बीमा गराए बापत कम्पनीबाट पाएको कमिसनबाट राज्यले काट्ने १५ प्रतिशत आयकर रकम जुन छ, त्यसमा राज्यले केही रकम थपेर बुढेसकाल लागेपछि वा निश्चित अवधिसम्म जीवन बीमा एजेन्ट भएर काम गरेका वा जीवन बीमा एजेन्टहरुले आप्mनो जीवनकालमा बीमा गराएको संख्या र प्रिमियमको आधारमा उनीहरुलाई पेन्सन वा उपदानको व्यवस्था गर्नुपर्ने लगायत माग राख्नुपर्ने देखिन्छ ।

झन् नेपाल जस्तो जीवन बीमा फिटिक्कै नबुझेका सर्वसाधारण मानिसहरु धेरै भएको र केही पढालेखा र बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक धारणा राख्ने हाम्रो देश नेपालमा बीमा गराउन साह्रै गारो काम हो । अझ पढालेखा र बुद्धीजीवीहरु भनिएका लाल बुझ्अक्कड बुद्धीजीवीहरु जो जीवन बीमा लगायत समग्र बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेकाहरु त हुन् तर, पढालेखा र बुद्धीजीवीहरु भनिएका यी लाल बुझ्अक्कड बुद्धीजीवीहरुलाई नै जीवन बीमा गरौं न त ! भन्ने बित्तिकै पर–पर हुने, अभिकर्ताहरुले हजारौं पटक धाएर, दुःख गरेर बल्लतल्ल बीमितलाई बीमा गराएर अभिकर्ताले बीमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै २५-३० प्रतिशत कमिसन आउँछ होइन ? भनी प्रश्न गर्ने र कमिसन मात्रै देख्ने पढालेखा र लाल बुझ्अक्कड बुद्धीजीवीहरु पनि हाम्रै देश नेपालमा छन् । अब यस्ता पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक हुन्छन्, उनीहरु नै नकारात्मक प्रतिक्रिया दिन्छन् ! भने कसको बाबुको के लाग्छ र ?

अभिकर्ताहरुले सयौं–हजारौं पटक क्लाइन्टको घर, डेरा वा पसलमा धाएर, दुःख गरेर बल्लबल्ल बीमा गराएर अभिकर्ताले बीमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै ‘ ए …, तिमीहरुलाई यसरी बीमा गराए वापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् ।

हुन त धेरै जसो जीवन बीमा क्षेत्रमा लागेका (काम गर्ने)एजेन्टहरु पढालेखा र बुद्धीजीवी भनिएका लाल बुझ्अक्कड बुद्धीजीवीहरुभन्दा सुरुमा जीवन बीमा फिटिक्कै नबुझेका र अपेक्षित रुपमा कम पढेका सर्वसाधारण मानिसहरुले नै जीवन बीमा छिटो बुझ्ने गरेको बताउने गर्छन् । भलै उनीहरुसँग भनेको बेला अथवा तत्कालै जीवन बीमा गर्ने पैसो (रकम) नहुनु अर्कै कुरो हो वा भनौं त्यसको छुट्टै पाटो छँदैछ ।

पढालेखा र बुद्धीजीवीहरु नै जीवन बीमा भनेपछि नकारात्मक धारणा राख्ने धेरै भएको हाम्रो देश नेपालमा त्यसमाथि न विद्यालयमा जीवन बीमाबारे शिक्षा दिइन्छ, न त सरकारले कनै पनि घर परिवारले आप्mनो आयस्रोत क्षमताअनुसार जीवन बीमा अनिवार्य गर्नुपर्ने भनी नीति, नियम नै ल्याएको छ । यस्तो अवस्थामा जीवन बीमा गराउन एजेन्टहरुलाई साह्रै गारो काम हो भन्छिन्, स्थायी घर फेदाप–४ (साविक सम्दु–७ संगपु) तेह्रथुम भई हाल अध्ययन र जीविकोपार्जनका लागि कठमाण्डौ बस्दै आएकी का लागि नेराबुङ कुलुङ । जीवन बीमा लगायत समग्र बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेका भनिएका यी लाल बुझ्झक्कड बुद्धीजीवीहरुलाई नै जीवन बीमा गरौं न त ! भन्ने बित्तिकै परपर हुने, अभिकर्ताहरुले सयौं–हजारौं पटक क्लाइन्टको घर, डेरा वा पसलमा धाएर, दुःख गरेर बल्लबल्ल बीमा गराएर अभिकर्ताले बीमा कम्पनीबाट कमाउने वा भनौं पाउने निश्चित प्रतिशत कमिसनमा आँखा लगाउँदै ‘ ए …, तिमीहरुलाई यसरी बीमा गराए वापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी प्रश्न गर्छन् । जबकि कमिसन भनेको क्लाइन्टबाट होइन, कम्पनीबाट पाउने हो । फेर यसरी क्लाइन्टलाई बीमा गराए वापत एजेन्टले पाउने कमिसन भनेको कति वर्षे प्लान हो ?, कुन प्लान हो ?, कति रकमको बीमा गर्ने हो ? समयावधि हेरेर ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म पाउने हो, ३० प्रतिशत होइन ।

तर, बीमा क्षेत्र र, देशको अर्थतन्त्र बुझेका भनिएका यी लाल बुझ्अक्कड बुद्धीजीवीहरुले एकैचोटि २५–३० प्रतिशत कमिसन … !!! भनेको सुनेपछि अरु बेला दुईवटा मात्रै आँखा हुने देवादिदेव महादेवको पनि ‘तीन–नेत्र’ हुँदो हो ! अनि मान्छेको मन त झन् … बल्लतल्ल सयौं–हजारौं पटक फोन गरेर र, कोठैमा÷घरैमा वा पसलमै गएर फकाएको÷मनाएको क्लाइन्ट त झन् के कम हँुदो हो ! ऊ, झन् नराम्रोसँग भड्किन्छ । ए … यसले मलाई … वर्षदेखि पिछा गरेको कारण त यसरी २५–३० प्रतिशत कमिशन खान पाउने रहेछ र पो … !

यसरी पढालेखा र लाल बुझ्झक्कड बुद्धीजीवीहरु नै अभिकर्ता (एजेन्ट) ले जीवन बीमाबारे कुनै क्लाइन्टलाई बुझाउँदै गरेको भेटेमा क्लाइन्टलाई नै भड्काउने हिसावले ‘ ए …, तिमीहरुलाई यसरी बीमा गराए वापत २५–३० प्रतिशत कमिसन आउँछ होइन !’ भनी भड्काउने हिसावले प्रश्न गर्दिने र आपूm पनि जीवन बीमा भनेपछि नकारात्मक हुने, परपर तर्किने लाल बुझ्अक्कड बुद्धीजीवीहरुबाट तर्किन नसक्ने जीवन बीमा क्षेत्रमा लागेका एजेन्टहरुले गरेर खान गाह्रै देखिन्छ । माथि जीवन बीमा गर्न चाहने क्लाइन्टले बोलाएको समय र स्थानमा जान (धाउन) नसक्ने, बीमा गर्न चाहने क्लाइन्टले सोधेको प्रश्नको सही जवाफ दिन (गाउन) नजान्ने मान्छेहरु त साँच्चै नै सफल अभिकर्ता (एजेन्ट) बन्न सक्दै–सक्दैनन् । अझ कतिपय जीवन बीमा अभिकर्ता (एजेन्ट) को तालिम लिएका एजेन्टहरु स्वयम्ले आप्mनो समेत जीवन बीमा गरेका हँुदैनन् । त्यसो त् नेपालमा हालसम्म पाँच लाख हाराहारीमा बीमा अभिकर्ताहरु उत्पादन भैसकेका छन् । तर, प्रश्न छ, पाँच लाख अभिकर्तामध्ये कति अभिकर्ताहरुले आप्mनै जीवन बीमा गरेका छन् ? कति अभिकर्ताले आप्mनो परिवारको जीवन बीमा गरेका छन् ? कि कसो हौं, जीवन बीमा गराएर आप्mनो र परिवारको जिन्दगीको रथ गुडाउँछु भनी सपना साँच्ने अभिकर्ता कमरेडहरु ? –   [email protected]

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्