Prabhu Life Ad Final

सूर्या लाइफ इन्स्योरेन्सका अभिकर्ता सम्मानित

डोटी । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड डोटी शाखाका १६ जना बीमा अभिकर्ता सम्मानित  भएका छन् । इन्स्योरेन्सले दिपायलमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

आर्थिक बर्ष २०७४/०७५ मा उत्कृष्ट काम गर्न सफल भएका बीमा अभिकर्ताहरु सम्मानित भएका हुन् । कम्पनीले बर्षेनी सबैभन्दा बढी बीमा गर्ने अभिकर्तालाई प्रमाण पत्र सहित सम्मान गर्दै आएको छ ।

NLIC

डोटी शाखाका प्रबन्धक बोहराको सभापतित्वमा आयोजना गरिएको “अभिकर्ता सम्मान” कार्यक्रममा कम्पनीका साहायक महाप्रबन्धक किरण गौतम प्रमुख अतिथि थिए । कार्यक्रममा एरिया प्रबर्दक हिरालाल चौधरी, उद्योगी, निर्माण व्यवसायी पत्रकार तथा बीमा अभिकर्ताहरूको सहभागिता रहेको थियो ।

सहायक महाप्रबन्धक गौतमले इन्स्योरेन्स कम्पनी, कम्पनीको सेवा तथा अभिकर्ता परिचालन सम्बन्धि प्रस्तुति राखेका थिए ।

सुदूरपश्चिम प्रदेशमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका १२ वटा शाखाहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App