पुनर्बीमा कम्पनीद्वारा आईपिओ जारी गर्न अण्डरराईटर नियुक्त गर्ने प्रक्रिया सुरु

391

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सर्वसाधारणका लािग निष्काशन गर्ने ८० करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गर्न मर्चेन्ट बैंकरहरुसँंग अण्डरराईटर नियुक्तका लागि प्रस्ताव माग गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै १५ दिनभित्र ८० करोड रुपैयाँ बराबरको शेयर अण्डरराईटरका लागि स्वीकृत प्राप्त सेवा प्रदायक कम्पनीहरुबाट शिलबन्दी प्रस्ताव आह्वान गरेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्टाएको एक करोड ६० लाख कित्ता शेयर मध्ये पहिलो चरणमा ८० लाख कित्ता आईपीओ शेयर जारी गर्न लागेको जनाएको छ ।

इच्छुक कम्पनीहरुले कम्पनी दर्ता प्रमाणपत्र प्यान दर्ताको प्रमाणपत्र, आर्थिक वर्ष २०७४।७५ को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि सहित सूचना प्रकाशन भएको १५ दिनभित्र प्रस्ताव पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्