IME Life

एनआइसी एशिया शाखा विस्तारमा आक्रामक, कुल शाखा संख्या २९८ पुग्यो

SPIL
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले सोलखुम्बूको सल्लेरी, कन्चनपुरको दोधारा चाँदनी र खोटाङ्को दिक्तेलमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने उद्देश्य सहित यी तीन स्थानमा शाखा विस्तार गरेको कम्पनीले जनाएको छ ।

सोलखुम्बू जिल्ला सोलुदुधकुण्ड नगरपालिका वडा नं ५, सल्लेरी स्थित सल्लेरी शाखाको समुद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले गरे ।

Crest
Meta Holidays

त्यस्तै, कन्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ६, दोधारा चाँदनी स्थित दोधारा चाँदनी शाखाको समुद्घाटन महाकाली नगरपालिकाका मेयर बीर बहादुर सुनार र खोटाङ् जिल्ला दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं १, दिक्तेल स्थित दिक्तेल शाखाको समुद्घाटन रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले गरेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले देशभर २९८ शाखा कार्यालयहरु, ३५६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x