राष्ट्रिय सहकारी बैंकले माग्यो ६ पदका लागि कर्मचारी, +2 गरेकालाई पनि अवसर

153

काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटडले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सहायक अधिकृत (लेखा प्रशासन), सहायक अधिकृत (कानून), सहायक (लेखा/प्रशासन), सहायक सहायक (सूचना प्रविधि), सहायक (प्रकाशन) र कनिष्ठ सहायक लेखा प्रशासनका लागि कर्मचरी माग गरेको हो ।

बैंकले सहायक अधिकृत (लेखा प्रशासन) पदका लागि १३ जना कर्मचारी माग गरेको छ । त्यस्तै, बैंकले सहायक अधिकृत (कानून) पदका लागि १ जना, सहायक (लेखा÷प्रशासन) पदका लागि २७ जना, सहायक सहायक (सूचना प्रविधि) पदका लागि २ जना, सहायक (प्रकाशन) पदका लागि १ जना र कनिष्ठ सहायक (लेखा/ प्रशासन) पदका लागि ४५ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुेका उम्मेद्धवारले असोज ८ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्