IME Life
Beema Board

एक हजार नेपालीलाई जापान जाने अवसर, कस्तो चाहिन्छ भाषा र तालिम (कोर्स सहित)

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जापानले नेपालसहितका देशबाट एक हजार केयर गिभर लैजाने भएको छ । सो कार्यको लागि नेपाली युवतीहरुले पनि आवेदन दिन पाउने भएका छन् । नेपालसहित ९ देशबाट केयर गिभर कामदार लैजाने घोषणा गरेको जापानले यस वर्ष एक हजार केयर गिभर लैजाने भन्दै भाषा र तालिमको परिक्षाको मिति घोषणा गरेको छ ।

जापानिज भाषा अक्टोबर २७ देखि २९ नोभेम्बर र सीप मूल्याङ्कन परीक्षा नोभेम्बर १२ देखि १४ सम्म लिने तालिका सार्वजनिक गरेको छ । नेपालबाट युवतीहरुले पनि भाग लिन पाउने सो परिक्षाको लागि सरकारी तहमा कुनै तयारी गरिएको छैन ।

Prabhu
Crest

केयर गिभरमा जान एउटा तहको जापानिज भाषा र नर्सिङ तथा केयरिङ सम्बन्धी दुई वटा परिक्षा हुनेछ । जापानको स्वास्थ्य, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयको एउटा निकायले यस्तो परिक्षा लिने गर्दछ । जापानले स्पेशिफाईड केयर वर्किङ भिषा अन्तर्गत आप्रबासी कामदार लिन लागेको हो ।

भाषा र नर्सिङ केयर टेष्टमा शैक्षिक योग्यता आवश्यकता नपर्ने भएपनि जेएलटी ४ सम्मको जापानिज भाषा कोर्ष भने पूरा गरेको हुनुपर्नेछ ।

मन्त्रालयले आफ्नो वेभसाईटमा जनाए अनुसार ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्गग्वयज इभ्यालुयसन टेष्ट’ नामक दुई वटा परिक्षामा पास भएपछि मात्रै जापानमा केयर गिभरमा जाने अनुमति पाइन्छ ।
नर्सिङ केयर गिभरमा जापान जान चाहनेले अनलाइनमार्फत फाराम भर्न पाइनेछ । फाराम भर्नुअघि काठमाडौंमा रहेको जापानी दूतावास र जापान फाउन्डेसनले तोकेको नेपालमा रहेको कार्यालयबाट टोकन लिएर परीक्षामा सामेल हुुनपर्ने भनिएको छ, यद्यपि अझै यसको कार्यविधि तय भइसकेको छैन ।

जापान सरकारको अनुसार सीप परीक्षा ६० मिनेटको हुन्छ र ४५ ओटा प्रश्न सोधिने छ । कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने जाँचमा सोधिने ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्नको व्यवहारिक परीक्षा हुनेछ । उक्त परीक्षा दिनका लागि एक हजार जापानी येन लाग्ने छ । यस्तै, ३० मिनेटको हुने जापानी भाषा परीक्षामा १५ वटा प्रश्न सोधिने छ ।

केयर गिभरको भाषा परिक्षा र नर्सिङ परिक्षाको कोर्स पिडिएफमा डाउनलोड गर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS