रिलायन्स लाईफ महेन्द्रनगर शाखाद्वारा तीजमा विशेष कार्यक्रम

237

महेन्द्रनगर । कर्पोरेट क्षेत्रमा नेपालको पर्व तथा संस्कृतिहरुमा सँगसँगै रमाउने परम्परा बढ्दै गएको छ । यसै सन्दर्भमा तीजको अवसरमा रिलायन्स लाईफ इन्स्योरेन्सले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

हरितालिका तीजको अवसरमा रिलायन्स लाईफ ईन्स्योरेन्स, शाखा महेन्द्रनगरले शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शाखा मातहत कार्यरत सक्रिय अभिकर्ता, कम्पनीका कर्मचारीहरुको उपस्थितिमा तीजको शुभकामना आदान प्रदान तथा तथा दर खाने कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी अभिकर्ताहरुले तीजको गीतमा मनोरञ्जन गर्दै बीमा जागरणा कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा सो शाखाका प्रमुख गणेश सिहं साउदले उत्कृष्ट काम गर्ने अभिकतर्ताहरुलाई फूलमालासहित सम्मान गरेका थिए । शाखा प्रमुख साउदको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अभिकर्ता महेश धामीले गरेका थिए । कार्यक्रममा ४० वढि अभिकर्ताहरुको सहभागिता रहेको रिलायन्स लाईफ कञ्चनपुर शाखाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्