रवि रिहा हुँदा देशैभरि खुशीयाली, बानेश्वर-माइतीघरमा बिजय जुलुस, कहाँ कहाँ निकालियो जुलुस ?

काठमाडौं । न्यूज २४ बाट प्रशारित सिधा कुराका सञ्चालक रवि लामिछानेलाई जिल्ला अदालत चितवनले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए लगत्तै देशैभरिका सर्वसधारणले खुशीयाली मनाएका छन् ।

लामिछाने रिहा हुने समाचार सञ्चार माध्यमहरुबाट प्रशारण भए लगत्तै काठमाडौंको नयाँ बानेश्वर, माइतीघरमा खुशियाली मनाउन मानिसहरु सडकमा निस्केका छन् । त्यस्तै चितवनमा विशाल जनसमुदाय उपस्थित भएका छन् । हेटौडा, बुवटल, पोखरालगायतका क्षेत्रमा पनि सडकमा निस्केर सर्वसधारणले अबिर जात्रा गर्दै खुशीयाली मनाएको समाचारछ ।

रवि लामिछानेलाई पाँच लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार