बाल्ट्राको डिलर मिट टूगेदर अहेड सम्पन्न


काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सको डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रम काठमाडौको होटल याक एन्ड यतीमा सम्पन्न भएको हो ।कार्यक्रममा २ सय ५० भन्दा बढी काठमाडौंका डिलर तथा डिस्ट्रिब्यूटरहरुको उपस्थिति रहेको थियो ।

बाल्ट्राले आफ्नो डिलरहरुको निरन्तर साथ र समर्थनको प्रशंसामा उक्त टूगेदर अहेड नामक इभेन्ट आयोजना गरेको थियो । उक्त इभेन्टको अवसर पारेर बाल्ट्राले आफ्नो बिग एप्लाईन्सेस्का नयाँ रेञ्जहरु लन्च गरेको हो ।

उक्त इभेन्टको मुख्य आकर्षणको रुपमा बाल्ट्राले ए.सि., स्मार्ट द्धप् टि.भि., म्यूजिक सिस्टम, डिप्फ्रिज, रेफ्रिजेरेटर र वासिङ्ग मेसिन लन्च गरेको थियो । मनोरञ्जनले भरिपूर्ण उक्त डिलर मिटमा उत्कृष्ट डिलरहरुलाई अवार्डद्वारा सम्मानित गरिएको थियो ।

ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले विगत १५ वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार