IME Life

करिब २१ अर्बको कृषि तथा पशुपन्छी बीमा, ९३ करोड शुल्क संकलन

SPIL
NIC ASIA

काठमाडौं । कृषि तथा पशुपंक्षीको बीमामा तीव्र स्तरमा बृद्धि भएको छ । बीमा समितिको तथ्याङक अनुसार आर्थिक बर्षको साउनसम्ममा कृषि तथा पशुपन्छी बीमामातर्फ २० अर्ब ७१ करोड रुपैयाँ बीमांक रकमको बीमा गरिएको छ ।

गत आर्थिक वर्षमा पशुपंक्षी बीमातर्फ १९ अर्ब ७८ करोड ६६ लाख रुपैयाँको जोखिम बहन गरेका छन् । त्यस्तै बालीबीमातर्फ ९२ करोड ४० लाख ६६ हजार रुपैयाँको जोखिम बहन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । आर्थिक बर्षको असार मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीहरुले बाली बीमा अन्तर्गत एक हजार ९३३ बीमालेख जारी भएको छ ।

Prabhu
Crest

स्रोत:बीमा समिति

बीमा समतिले प्रकाशन गरेको बाली तथा पशुपन्छी बीमा विवरण अनुसार साउन अन्तिम सम्ममा बालीतर्फ चार करोड ४९ लाख ६४ हजार रुपैयाँ संकलन गर्न सफल भएको छ । त्यस्तै पशुपन्छी बीमा अन्तर्गत कूल ८९ करोड चार लाख २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

त्यस्तै पशुपन्छी बीमा अन्तर्गत एक लाख नौ हजार एक सय २४ बीमालेख जारी भएको छ । बाली र पशुपन्छी बीमा अन्तर्गत साउनसम्ममा कुल एक लाख ११ हजार बीमालेख जारी भएको छ भने ९३ करोड ५३ लाख ८९ हजार कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । सरकारले कृषि बीमामा आकर्षण बढाउन प्रत्येक वर्ष अनुदान रकम विनियोजन गर्दै आएको छ ।

बाली बीमा अन्तर्गत ३३ करोड ७२ लाख ३२ हजार रुपैयाँ र पशुबीमा अन्तर्गत ६६ करोड ७८ लाख १६ हजार रुपैयाँ अनुदान मार्फत प्राप्त भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS