IME Life
Beema Board

नक्क्ली सुन राखेर करोडौं धितो, अदालतमा मुद्दापछि प्रबन्धकलाई हृदयघात

SPIL
NIC ASIA
Sanima Reliance

नेपालगञ्ज । बैंक तथा वित्तीय संस्थामा सर्वसधारणले जम्मा गरेको निक्षेपमा बैंककै अधिकृतको आँखा लाग्न थालेपछि सर्वसधारणको निक्षेप जोखिममा पर्ने भयो । सिटिजन्स बैंक नेपालगञ्ज शाखामा यस्तै एउटा घटना भएका छ ।

नक्कली सुन धितोमा राखेर करोडौं रुपैयाँ ऋण प्रवाह गरी बैंकलाई डुबाएको अभियोग लागेका प्रबन्धक विवेक स्वाँरलाई हृदयघात भएको छ । हृदयाघातका कारण गएराति नै उनको मृत्यु भएको छ । हृदयघात भएपछि राति नै भेरी अस्पताल ल्याइएका स्वाँरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Prabhu
Crest

अधिकृत स्वाँरले बैंकिङ कसुरअन्तर्गत मुद्दा खेप्दै आएका थिए । प्रहरीले बैंककै सिफारिसको आधारमा पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । उनी गत साउन ८ गते २५ लाख धरौटीमा छुटेका थिए ।

सिटिजन्स बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौं ठगी गरेको अभियोग लागेपछि स्वाँर मानसिक तनावमा थिए । मानसिक तनावमा रहेका स्वाँरको सो नक्कली सुन प्रकरणमा हृदयघात भएर ज्यान गएको बताइएको छ ।

कार्यालयबाट साँझ ६ बजे घर फर्केका स्वाँर आइतबार अबेर एक्कासी बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । घटनापछि बैंकमा खैलाबैला मच्चिएका छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS