IME Life

रवि लामिछानेको पक्षमा माईतीघरमा जनसागर उर्लियो, गृहमन्त्रीको राजिनामा माग

SPIL
NIC ASIA

काठमाडौं । पूर्व सहकर्मी शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा चितवनस्थित प्रहरी हिराशतमा रहेका न्यूज २४ टिभीका पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै शनिबार राजधानीको माइतीघरमा स्वतःस्फूर्त रुपमा विशाल प्रदर्शन गरिएको छ ।

Prabhu
Crest

अहिले हजारौं मानिसहरु बबरमहल देखि माईतीघरसम्म भेला भएर पत्रकार लामिछानेको रिहाईको माग गरेका छन् । राष्ट्रिय झण्डा बोकेर उर्लिएको विशाल जनसागरले जनआन्दोलनकै झझल्को दिएको छ ।

कुनै संगठनले घोषित रुपमा नभई स्वतःस्फूर्त रुपमा आयोजना गरिएको प्रदर्शनमा हजारौं मानिसहरु सहभागी छन् । आन्दोलनकारीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गर्दै नाराबाजी गरिरहेका छन् ।

हिराशतमा रहेका पत्रकार लामिछानेले आफू प्रहरी हिराशतभित्रै असुरक्षित महसुस गरेको भन्ने अभिव्यक्ति बाहिर सार्वजनिक भएलगत्तै नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल हिजै चितवन पुगेर हिराशतमा रहेका लामिछानेसँग भेटघाट गरिसकेका छन् । प्रहरीले आजको आन्दोलनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले आईजीपीले लामिछानेलाई भेटेर सान्त्वन्ना दिन खोजेपनि शनिबार माइतीघरमा हजारौं मानिसहरु भेला भएर विशाल प्रदर्शन गरेका छन् । यो समाचार तयार गर्दासम्म आन्दोलन जारी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS