Connect IPS
IME Life

जीवन बीमा पोलिसी धितोमा ३० अर्ब ७३ करोड कर्जा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोमा राखी ३० अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक बर्ष २०७५।७६ को चौथौे त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबर बीमालेख धितो कर्जा प्रवाह गरेको देखिएको छ ।

पुराना बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्ममा ३० अर्ब ३७ करोड रुपैयाँ बराबर बीमालेख धितो कर्जा प्रवाह गरेका छन् भने नयाँ १० जीवन बीमा कम्पनीहरु मध्ये छ वटा जीवन बीमा कम्पनीहरुले मात्र बीमालेख धितोमा कर्जा प्रवाह गरेको चौथौ त्रैमासको वित्तिय विवरणले देखाँउछ ।

Prabhu
Crest

नयाँ ६ जीवन बीमा कम्पनीहरुले चौथौ त्रैमासको अन्त्यसम्मा ३६ करोड २२ लाख रुपैयाँ बीमलेख धितो कर्जा मार्फत प्रवाह गरेका छन् । नयाँ जीवन बीमा कम्पनीहरुमध्ये रिलायवल लाईफ, प्रभु लाईफ, सानिमा लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले बीमालेख धितो कर्जा प्रवाह गरेका छैनन् ।

उनीहरुले गत वर्ष मात्रै कारोबार सुरु गरेकाले बीमालेख धितोमा कर्जा प्रवाह गर्न नपाएका हुन् । बीमाधितोका कर्जा प्रवाह गर्न न्यूनतम दुई वर्ष पुगेको हुनपर्दछ ।

जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाईफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कर्पोरेशन र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीले चालु आर्थिक वर्षकोे असार मसान्तसम्ममा ११ अर्ब ८८ करोड ९८ लाख २९ हजार रुपैयाँ बीमा लेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले नौ अर्ब ३५ करोड चार लाख १३ हजार रुपैयाँ र नेशनल लाईफ इन्स्योरेन्सले तीन अर्ब ६२ करोड ४४ लाख १३ हजार रुपैयाँ धितो कर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

त्यसैगरी, एशीयन लाईफ इन्स्योरेन्सले एक अर्ब ४५ करोड २७ लाख ७५ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको तथ्यांकले देखाएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थाले एक अर्ब ४४ करोड ३५ लाख ३५ हजार रुपैयाँ, मेट लाईफ इन्स्योरेन्सले ९० करोड ९१ लाख ८५ हजार रुपैयाँ, प्राइम लाईफले ८९ करोड ३७ लाख ५० हजार, सूर्या लाईफ इन्स्योेरेन्सले ४६ करोड ३ लाख ११ हजार रुपैयाँ र गुराँस लाईफ इन्स्योरेन्सले ३५ करोड २२ लाख ७८ हजार रुपैयाँको बीमालेख धितो कर्जा प्रवाह गरेको छन् ।

नयाँ खुलेका छ वटा जीवन बीमा कम्पनीहरुमध्ये युनियन लाईफ र सन नेपाल लाईफ इन्स्यारेन्स कम्पनीले सबैभन्दा धेरै बीमालेख कर्जा प्रवाह गरेका छन् ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीले चौथै त्रैमासको अन्त्यसम्मा २२ करोड १३ लाख ५४ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ । त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले छ करोड २४ लाख ९ हजार रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

त्यसैगरी आइएमई लाईफ इन्स्यारेन्सले चार करोड ८० लाख रुपैयाँ, सिटिजन लाईफ इन्स्यारेन्सले तीन करोड ४२ लाख १२ हजार रुपैयाँ र ज्योति लाईफ इन्स्यारेन्सले ३० लाख २८ हजार रुपैयाँ र रिलायन्स लाईफले चार लाख १४ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS