IME Life

सहकारीको जागिर छोडेर अभिकर्ता बने, जीवनको लक्ष्य भेट्टाए (भिडियो सहित)

SPIL
NIC ASIA

‘स्व–इच्छाले काम गर्न सकिने हुँदा बीमा अभिकर्ता पेशा स्वतन्त्र पेशा हो । बीमा अभिकर्ता पेशामा समय सीमाले बाध्दैन् । नत अरु पेशामा जस्तो कसैको सिफारिस नै चाहिन्छ । बीमा अभिकर्ता पेशामा पैसा पनि छ साथै इज्जत पनि ।’ यो वाक्याशं एजेन्सी म्यानेजर मीना कुमारी कटुवाल खड्काको हो ।

मीना कुमारी कटुवाल खड्का जीवन बीमा अभिकर्ताको रुपमा चिर परिचित नाम हो । सन् २००३ देखि जीवन बीमा अभिकर्तामा आवद्ध हुन पुगेकी मीना अहिले एलआइसी नेपालमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत छिन् । लामो समयदेखि अभिकर्ता पेशामा आवद्ध रहँदै आएकी मीनाको नाम नेपाली बीमा बजारमा प्रख्यात छ ।

Prabhu
Crest

जीवन बीमा अभिकर्ता पेशामा आवद्ध हुनु पूर्व आफुलाई यस पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने जानकार नभएको मीना आफ्नो विगत सुनाउछिन् । बीमा अभिकर्ता पेशामा आवद्ध हुनुपूर्व सर्लाहीस्थित द साहारा सहकारीमा कार्यरत रहेकी मीनाको जीवनशैली भने बीमा अभिकर्ता पेशा अंगालेपछि मात्रै फेरियो । सन् २०१० मा मीनाले नेपाली बीमा बजारमा सबैभन्दा बढीको बीमा गर्न सफल भएर महिला भएर पनि प्रतिस्पर्धी बजारमा चुनौतिहरुलाई चिर्दै लक्ष्य चुम्न सकिन्छ भन्ने सन्देश दिईन् । शुरुका दिनमा त उनलाई बीमा अभिकर्ता पेशा कताकता असहज लागेको थियो । नलागोस पनि किन सहकारीको जागिर, टेवलमा बसेर काम गर्ने माहोलमा रहेकी मीना बीमा अभिकर्ता बनेपछि मानिसका घरघरमा गएर नमस्कार गर्दै जीवन बीमा गर्न फकाउनु पर्ने चुनौतिपूर्ण नै थियो ।

२०३४ सालमा इण्डियाको मनिपुरमा जन्मिएकी मीनाको बाल्यकाल भने सर्लाहीमा वित्यो । एलएलसी पास भए लगतै उनी दशहरा सहकारीमा लोन डिमार्पमेन्टमा काम गर्न थालिन । त्यो समयमा हुलाक सेवा तथा शिक्षक सेवामा समेत नाम निकालेकी मीनाले आफ्नो करियर भने बैंकबाट शुरुवात गरिन् । सहकारीमा अलि राम्रो आम्दानी भएकाले उनले बैंकलाई रोजेकी थिईन् ।

बीमा अभिकर्ता पेशाबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने कुरा शुरुमा त उनलाई थाहै थिएन । काम गर्ने शिलशिलामा अभिकर्ता पेशामा पनि आम्दनीका साथै समाजसेवाका दृष्टिकोणले पनि राम्रो पेशा रहेछ भन्ने भावना मनमा जागेको उनको अनुभव छ ।

सहकारी  क्षेत्रमा नै राम्रो प्रभाव बनाई सकेकी मीनालाई शुरुका दिनमा यो पेशा सहज भने रहेन । काम गर्दै गएपछि मीनाले अभिकर्ता पेशालाई एकदमै नितान्त समाजसेवा र कसैलाई दुख परेको बेलामा केही गर्न सकिने पेशाका रुपमा बुझ्न थालिन । र, अगाढी बढिरहिन ।

सहकारीमा कार्यरत मीनाको जीवन बीमा अभिकर्ताको यात्रा भने विवाह पछाडि सुरु भयो । वैवाहिक जीवनमा बाँधिएपछि मीना आफ्ना श्रीमानसँग काठमाडौँ आईन् । आफ्ना श्रीमान पहिलेदेखि नै बीमा अभिकर्ता भएको बताउने मीना भन्छिन्, श्रीमानकै प्रेरणाले गर्दा नै म पनि यो पेशामा जोडिए । श्रीमानकै सल्लाहामा मीनाले बीमा समितिबाट बीमा अभिकर्ताको लाइसेन्स लिईन् । जीवन तथा निर्जीवन बीमा अभिकर्ताको लाइसेन्स लिएकी मीनाले काम भने एलआइसी नेपालबाट शुरु गरिन् ।

अभिकर्ता पेशामा प्रवेश गरेपछि मीनाको जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशा मै जोडिए पछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो । जुनसुकै तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । मीनाको जीवनशैलीमा कायापलट नै गर्न सफल भयो ।

महिलालाई पुरुषको तुलनामा थोरै मात्र स्थान दिने नेपाली समाजमा महिलाको काम देखेर खुट्टा तान्ने प्रवृति आज पनि चलन मै छ । काम गर्दै जाने शिलसिलामा मीनाको जीवनमा पनि त्यस्ता खालका समस्याहरु पनि नआएका होइनन् । तर, मीना आफ्नो कामप्रति सधै लगनशील भएर लागि परिन । जीवनमा कुनै पनि काम असम्भव भन्ने नै छैन् भन्ने सुत्र लिएर अघि बढ्ने मीना आफ्नै पौरख, मेहनत र संघर्ष गर्न हिच्किचाउँदिनन् र, त आज सफल छिन् ।

बीमा अभिकर्ताको इजाजतपत्र लिएपछि मीनाले आफ्नै घरमा भाडामा बस्नेको पहिलो बीमा गराईन् । पहिलो बीमा उनले सहजै गर्न सफल भईन् । पहिलो बीमा सहजै गर्न सफल भएपछि मीनाको मनमा अभिकर्ता पेशामा मै केही गर्छु भन्ने अझ विश्वास, आँट बढेर आयो । त्यहि आँट र हिम्मतलाई लिएर उनी अरु बीमा गराउने मानिसहरु खोज्न थालिन् ।

बीमा अभिकर्ता बीमा कम्पनी र बीमितकाबीच मध्यस्थकर्ताको रुपमा काम गर्ने पेशा हो । उनले भनिन् । कम्पनीलाई पनि सुरक्षित राखेर र बीमितको सुरक्षाको जिम्मेवारी बहन गर्ने व्यक्ति नै बीमा अभिकर्ता हो ।

एउटा असल बीमा अभिकर्तामा धेरै गुणहरु हुनु पर्ने उनको तर्क छ । मेहनति, इमान्दार, सहनशीलता, धर्यता, लगनशिलता, बीमा बुझाउन सक्ने गुणहरु मुख्य रुपमा बीमा अभिकर्तामा हुनुपर्ने मीनाको धारणा छ । यीनै विभिन्न गुणहरु कै कारणले गर्दा नै आज उनी सफल छिन् ।

अस्वस्थ प्रतिस्पर्धा बीमा अभिकर्ताको चुनौतिको विषय रहेको मीनाको बुझाई छ । कमिशन छुटलगायतका कुराहरु बीमा अभिकर्ताहरुको अर्को चुनौतिको विषय हो । बीमा अभिकर्ताको लागि आफुले बीमा गरेको बीमाको कमिशन लिनु उनीहरुको नैसर्गिक अधिकार हो । अभिकर्ताहरुले आफुले गरेको बीमाको कमिशन छोड्नु बीमा अभिकर्तामा देखापरेको बिकृति र विचलन भएको मीनको बुझाई छ ।

लामो समयदेखि बीमा अभिकर्ताको पेशा अपनाएकी मीनासँग बीमा गराँउदाका रमाईला अनि सम्झनलायकका पलहरु धेरै छन् । तीनै पलहरुसँग आफ्ना ज्ञान र अनुभवलाई समेटेर अभिकर्ता पेशामै केही गर्ने लक्ष्यमा मीना दृढ संकल्पित छिन् । लामो समयदेखि बीमा अभिकर्ता पेशामा रहँदै आएकी मीनाले त्यो समयमा विभिन्न चुनौति पनि सामना गर्नुपरेको थियो । आफ्ना सामू आइपरेका हरेक चुनौति अनि समस्यालाई मीनाले सफलताको सुत्र मान्दै अघि बढेमा सफल भइन्छ भन्ने कुरामा विश्वास गर्ने मीन जीवन बीमालाई आम जनताको तहसम्म पुर्याउनुपर्नृ धारणा राख्छिन् ।

संसारमा ब्लाक मनि र ह्वाईट मनीको चर्चा हुने गरेको सन्दर्भमा बीमा अभिकर्ताले हरेक कारोबारबाट सरकारलाई कर तिर्ने हुँदा शतप्रतिशत ह्वाईट मनी आर्जन हुने इज्जतदार पेशा भएको बताउँछिन मीना ।

सरकारले नै जीवन बीमा प्रबद्र्धन गर्न स्पष्ट नीति नियम ल्याईदियो भने आम मानिसलाई बीमाको दायरामा ल्याउन सक्ने तर्क मीनाको छ । यसका साथै गाँउ गाँउमा गएर बीमा सचेतना फैलाउनुपर्ने कुरामा मीनको जोड छ । मीना भन्छिन्, ‘सरकारले ‘अनिवार्य बचत, अनिवार्य बीमा’ भन्ने खालको कार्यक्रम ल्याईदिने हो भने बीमाको पहुँचमा सबै आउने थिए ।’

बीमा अभिकर्ता पेशामा लागेर सन्तुष्ट भएको बताउने मीना भन्छिन्, ‘आज म अरु पेशामा थिए भने मैले सोचेको, परिकल्पना गरेको लक्ष्यलाई छुन सक्दिन थिईन होला ।’

लामो समयदेखि अभिकर्ता पेशामा लागेकी मिना विभिन्न अर्वाडहरुले सम्मानित भई सकेकी छिन् । चेयरम्यान अर्वाड, एमडिआरडि, सिओटि, टिओटि, बीमारत्न, बीमा सम्राट जस्ता अवार्ड प्राप्त गरि सकेकी छिन् ।

बीमा अभिकर्ता आफ्नो पेशामा सफल हुनका लागि निरन्तर लागि पर्नुपर्ने मीनाको भोगाई छ । जो व्यक्तिले निरन्तरतालाई आत्मसाथ गर्दै अगाडि बढ्छ त्यो पक्कै पनि आफ्नो लक्ष्यमा पुग्न सक्ने अनुभव मीनाले साटिन् । काम गर्ने शिलसिलामा बाधाहरु पनि आउँछन् । आईपरेका बाधाहरुलाई छिचोल्न सक्ने सहनशिलता र धैर्यता बीमा अभिकर्तामा हुनुपर्ने उनको सुझाव छ । विषयवस्तुको पूर्ण ज्ञान लिएर अभिकर्ता बजारमा पस्नुपर्ने सुझाव नवप्रवेशी बीमा अभिकर्तालाई बाढ्न चाहन्छिन् मीना ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS