IME Life

सिदार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क करिब दुई अर्ब, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । सिदार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्म करिब दुई अर्ब अर्थात एक अर्ब ८६ करोड १७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । साथै सोही अवधीमा कम्पनीले एक अर्ब १५ करोडभन्दा बढि रकम दावी भुक्तानी समेत गरेको वित्तिय विवरणमा देखिएको छ ।

Prabhu
Crest

समीक्षा अवधीको अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा शुल्कमा चार प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा कम्पनीले एक अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शु्ल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको समीक्षा अवधिमा कम्पनीले २१ करोड ४३ लाख रुपैया खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ५२ लाख रुपैयाँ खुुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिसम्ममा कम्पनीले ८२ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८८ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

वित्तीय विवरणमा कम्पनीको खुद बीमा आय पनि घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमासको अवधिमा एक लाख १९ हजार २ सय ५ वटा बीमालेख जारी गरेको छ ।

गत आवमा हकप्रद र बोनस शेयर दिएर कम्पनीले चुक्ता पूँजी ६४ करोड १४ लाख रुपैयाँबाट एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन सफल भएको छ । कम्पनीको बीमा कोषमा ६६ करोड ४६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा १५ करोड ५५ लाख र रुपैयाँ संचित गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ को चौथो त्रैमासको अवधिमा एक अर्ब १५ करोड ८२ लाख ४३ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले ९७ करोड ५७ लाख ३० हजार रुपैयाँ कूल दावी भुक्तानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ २८ पैसा छ । कम्पनीको प्रतिशेयर कूल सम्पत्ति २१९ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS