IME Life

बजारमा गुणस्तरहीन सिमेन्ट छ्यापछ्याप्ती, चार सिमेन्टमाथि कारवाही

SPIL
NIC ASIA

काठमाडौं । बजारमा गुणस्तरहीन सिमेन्टको बिक्री छ्याप छ्याप्ती रुपमा भइरहेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट बिक्री वितरण गरेको फेला परेको जनाएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बजारमा गुणस्तरहीन सिमेन्ट बिक्री वितरण भइरहेको फेला परेको पुष्टि गरे । विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने ४ सिमेन्ट उद्योगलाई कार्वाही गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

गुणस्तरहीन सिमेन्ट बिक्री वितरणको कारण पूर्वाधार निर्माण कार्य जोखिममा पर्ने र त्यसको बीमा दावी बीमा कम्पनीहरुमा पर्ने समेत देखिएको छ ।

विभागले चालु आर्थिक वर्षमा गुणस्तर मापदण्डलाई पूरा नगरी सिमेन्ट उत्पादन गर्ने अल्ट्राटेक सिमेन्ट, चितवन सिमेन्ट, नेपाल अम्बुजा सिमेन्ट र जानकी सिमेन्टमाथि कारवाही गरिएको जनाएको छ । पूर्वाधार निर्माणमाथि जोखिम न्यूनिकरण गर्न कारवाही प्रभावकारी हुने देखिएको छ ।

विभागले वुधबार प्रेस विज्ञप्ती जारी गर्दै अल्ट्राटेक सिमेन्ट र जानकी सिमेन्टको बिक्रि वितरणमा रोक लगाएर स्पष्टिकरण माग गरेको जनाएको छ । त्यस्तै नेपाल अम्बुजा सिमेन्टको इजाजत स्थगन गरेको छ भने चितवन सिमेन्टको ईजाजत पत्र रद्द गरेको जानकारी दिएको हो ।विभागले केही समय अघि मात्र लेमिनेशन गरेको बोरामा मात्रै सिमेन्ट प्याकिङ गरेर बजारमा ल्याउन निर्देशन दिएको थियो ।

हेर्नुस बक्तव्य

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS