Prabhu Life Ad Final

युएस बंगला एयरलाइन्स दुर्घटनाका पीडितसँग बीमा रकम मिलाईदिने भन्दै जनही एक लाख ठगी

IME PAY
IME Life

काठमाडौं । २०७४ साल फागुन २८ गते काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाको परिवारसँग बीमा रकम मिलाईदिने भन्दै एक जना कानुन व्यवसायीले जनही एक लाख रुपैयाँका दरले २२ जना नेपाली मृतकका आफन्तसँग कूल २२ लाख रुपैयाँ रकम लिई ठगी गरेको खुलेको छ ।

पाँच तारे होटल रोयल सिंगीबाट कार्यालय सञ्चालन गर्दैै आएका अधिवक्ता प्रभाकर अधिकारीले युएस बंगला एयरलाइन्स दुर्घटनाका २२ जना पीडितसँग जनही एक रुपैयाँ बीमा मिलाईदिने भन्दै रकम लिई ठगी गरेको एक पीडितले इन्स्योरेन्स खवरलाई बताए । पीडितका अनुसार अधिवक्ता अधिकारीले जहाज दुर्घटनाका पीडितसँग जनही एक लाख रुपैयाँ बीमा दावी भुक्तानी प्रक्रियाको लागि भन्दै रकम लिएका थिए ।

युएस बंगला एयरलाईन्सद्वारा दुर्घटनाका पीडितलाई क्षतिपूर्ति दिन अस्वीकार, १५ जनाले अझै मुद्दा दायर गरेनन्

कानुन व्यवसायी अधिकारीले बीमा प्रक्रिया गर्न एक्चुरी ल्याउनुपर्ने भन्दै रकम लिई ठगी गरेको पीडितले गुनासो गरेका छन् । पीडितसँग रकम लिई काम नगरेपछि पीडितले कानुन व्यवसायीहरुको नियमनकारी निकाय नेपाल बार काउन्सिलमा उजुरी दर्ता गरेका छन् । बार काउन्सिलका एक सदस्यले अधिवक्ता अधिकारीका विरुद्धमा काउन्सिलमा उजुरी परेको र सो उजुरी उपर छानविन भइरहेको जानकारी दिए ।

१६ महिनाअघि भएको दुर्घटनाका पीडितलाई विमान कम्पनीले राहत तथा क्षतिपूर्ति नदिई आनाकानी गर्दै आएपछि बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ । दुर्घटनामा २२ जना नेपाली नागरिकसहित ५१ जनाको ज्यान गएको थियो भने २० जना जीवित उद्धार गर्न सम्भव भएको थियो । नेपाली मृतकहरुमा अधिकांश बंगलादेशमा डाक्टरी पढ्न गएकाहरु थिए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS