IME Life

एनआइसी एशियाको ऋणपत्र बिकेन, आवेदन दिने म्याद थप

SPIL
NIC ASIA

एनआइसी एसिया बैंकको ऋणपत्रमा पनि आवेदन दिने समय लम्बिएको छ । बैंकले साउन ९ गतेभित्र आवेदन दिइसक्नुपर्ने म्याद दिएको थियो । आवश्यक मात्रमा आवेदन नपरेपछि बैंकले ऋणपत्र भर्ने म्याद लम्बिाएको हो ।

ऋणपत्रमा बैंकले म्याद थप गरी भदौ ३ गतेसम्म पुर्याइएको छ । एनआइसी एसिया बैंकले साउन ६ गतेदेखि ४४ लाख इकाई (युनिट) ऋणपत्र निष्कासन बिक्री खुला गरेको हो ।

Prabhu
Crest

यसमध्ये १७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बाँकी २६ लाख ४० हजार इकाई बैंकले आफ्नै प्रयासमा अरु संघसंस्थालाई बेच्नेछ । यस ऋणपत्रमा वार्षिक १० दशलव २५ प्रतिशतका दरले ब्याज पाइनेछ । एनआइसी एसियाले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यो ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने ‘केयर एनपी ए’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गरेको छ ।

यो ऋणपत्रमा प्रतिइकाई १ हजार रुपैयाँ दरले आवेदन दिनुपर्नेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS