IME Life

बीमाले यसरी बनाउँछ सुरक्षित

SPIL
NIC ASIA

खोटाङकी रुपाले श्रीमान गुमाईन । एक छोरा र एक छोरीको साथमा जसोतसो सुखैका साथ दैनिकि गुजारा गर्दै आईरहेका थिए रुपा परिवारले । जीवन सोचे जस्तो सरल र सहँज कसको पो हुन्छ र । त्यस्तै, घटना घट्न पुग्यो उनको परिवारमा पनि ।

Prabhu
Crest

मेहनतमा आस्था राख्ने रुपा परिवार हरपल आफ्नो काममा लगनशिल रहन्थे । उनीहरुले एक बैंकबाट व्यापार गर्न केही रकम ऋण लिएका थिए । ऋण लिदाँ रुपाका श्रीमानले एक बीमा कम्पनीमा आफ्नो जीवन बीमा गराएका थिए । बैंकबाट लिएको पैसाबाट उनीहरुले बङ्गुर व्यवसाय चलाउँदै आईरहेका थिए । व्यवसाय राम्रै चल्दै थियो । त्यहि व्यवसायबाटै उनीहरुको दैनिकि चल्दै थियो । रुपाका श्रीमानको अचानक मृत्यु भयो ।

परिवारमा श्रीमान गुमाएको पीडा एकातिर छदैँ थियो अर्को तिर थियो ऋणको बोझ, अनि आर्थिक संकट उस्तै । रुपाको यस्तो अवस्थालाई केही हद सम्म बीमा कम्पनीले सहयोग प्रदान गर्यो ।

श्रीमानको अभाव भए पनि रुपाले आफ्नो आट अनि जोशलाई कहिलै गिराईनन । र आज सफल पनि छिन् । रुपाले त्यहि बीमा कम्पनीबाट प्राप्त रकमले आफ्नो व्यवसाय चलाउँदै आएकि छिन् ।

एक्लिएनन रमिताका छोरा सिमन
२ वर्ष अघि सिमनकी आमा वैदेशिक रोजगारीको लागि मलेशिया गएकि थिईन । छोराको भविष्य सुन्दर बनाउने सपना लिएर रमिता जन्मभुमि छोडेर विदेशिईन । दुर्भाग्य वैदेशिक रोजगारीकै शिलशिलामै उनको मृत्यु भयो ।

रमिताको मृत्यु भए पछि यता उनका छोरा सिमन आमाको साथ नपाए पनि आर्थिक अभावले भने छट्पटिनु परेन ।
रमिताको ७ वर्षिय छोरालाई उनले बीमा गरेको कम्पनीले वैदेशिक रोजगार अन्तर्गत मृत्यु दाबी भुक्तानी वापत रकम भुक्तानी गर्यो । सोही बीमा कम्पनीले प्रदान गरेको बीमा रकमबाट आज ७ वर्षिय सिमनको पढाई खर्च चल्दै छ ।

यी दुई त केही उदाहरणका पात्रहरु मात्र हुन् । बीमाबाटै प्राप्त भएको रकमले कतिपयको जीवन सहज तरिकाले बितिरहेको छ । घरमा आम्दानी गर्ने मान्छेको अभाव रहेता पनि उसले बीमा वापत दिएको योगदान नै कारण उनीहरु ठुलो आर्थिक संकटलाई सामना गर्न सकेका छन् । परिवारमा कमाउने मान्छे गुमाउँदाको

लामो समय देखि बीमा व्यवसायको विस्तार भएता पनि आज पनि आम मानिसहरुमा बीमाको चेतना पुग्न सकेको देखिँदैन । अझै पनि नेपाली समाजमा बीमा के हो र यो के का लागि भन्ने ज्ञान छैन् ।

तर, इतिहासलाई मध्य नजर गर्ने हो भने अहिले भने बीमा क्षेत्रमा केही परिवर्तन भने भएका देखिन्छन् । नेपाली बीमा बजारमा पछिल्लो समय बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । त्यसमा पनि २० जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । समितिको तथ्याङ अनुसार बीमाको पहँचमा रहेको जनसंख्या १८ प्रतिशत रहेको छ । गाँउ गाँउमा बीमा कम्पनीहरुको शाखा, उपशाखा सञ्चालन हुन् पुगेका छन् ।

के हो बीमा ?
बीमा जोखिम हस्तान्तरण गर्ने एक भरपद्रो माध्यम हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमाको माध्यमबाट हामिले भविष्यमा पर्न सक्ने सम्भावित जोखिमहरु कम गर्न सक्छौ । बीमा आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । बीमा गर्दा बीमित र बीमकबीच सम्झौता हुन्छ । सोही सम्झौताका आधारबाट बीमा कम्पनीले नोक्सानीको क्षतिपूर्ति दिन्छ ।

भविष्यमा पर्न सक्ने जोखिम अनिश्चित छ । जीवनमा जतिबेला पनि जोखिमहरु आउन सक्छन् । जीवनमा जुुनसुकै समयमा अप्रत्याशित जोखिमहरुको सामना गर्नुपर्ने अवस्था आउन सक्छ । आर्थिक जोखिमलाई न्यूनीकरण गर्न र आर्थिक सुरक्षा सुनिश्चितताका लागी जीवन बीमा एकमात्र उत्तम उपाय हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS