IME Life

कथा : बीमा पोलिसी ब्रेक गराउँदै , अभिकर्ता बनाउँदै

SPIL
NIC ASIA

राम एक मध्यम वर्गिय परिवारको सामान्य मान्छे हो । रामले सानो तिनो व्यापार सम्हाल्दै आईरहेको छ । त्यहि व्यापारबाट उसको दैनिकि चल्दै छ ।
रामले आजभन्दा दुई वर्ष अघि आफन्त मार्फत एक बीमा कम्पनीमा जीवन बीमा गरेको थियो । अहिले सम्म रामले दुई वर्षसम्मको बीमाशुल्क तिरिसकेको छ ।
एकदिन राम चिया खानका लागि चिया पसलतिर निस्कन्छ । पसलमा बस्दै गर्दा उसँगै स्नातक पढ्दाको एकदमै मिल्ने साथिसँग भेट हुन्छ । वर्षौ पछि एकदमै मिल्ने साथि भेट भएका राम र हरी घण्टौ सम्म गफिन्छन् । चियासँगै गफिने क्रममा हरीले आफु बीमा कम्पनीमा कार्यरत रहेको बताउँछ । हरीले आफु जीवन बीमा कम्पनीमा शाखा प्रबन्धक भई काम गर्दै आईरहेको बतायो । रामले उसलाई बधाई दिन्छ ।

बधाई खादै दगं परेको हरीको मुखबाट तैले बीमा गरेको छस् कि छैन् भन्ने कुरा निस्कन्छ । रामले हरीलाई आफुले बीमा गरिसकेको कुरा बताउँछ । रामले आफुले दुई वर्ष अगाडि जीवन बीमा गरेको बताउँछ । हरिले रामलाई आफ्नो कम्पनी बाट पनि एउटा बीमा पोलिसी खरिद गर्न आग्रह गर्छ।  रामले आहिले आफ्नो आर्थिक अवस्था त्यति राम्रो नभएको र अहिले आफुले नयाँ बीमा पोलिसी खरिद गर्न नसक्ने बताउँछ ।  त्यसपछि रामको घर जाने बेला आउँछ र हरीले रामको फोन नम्बर माग्दै राम आफ्नो गनतब्य तिर लाग्छ ।

Prabhu
Crest

अर्को दिन हरिले रामलाई फोन गर्छ।  रामलाई हरीले आफु आवद्ध रहेको  जीवन बीमा कम्पनीमा उसलाई पनि आवद्ध रहन आग्रह गर्छ । शुरुमा त रामले हरीको कुरालाई राम्रो सँग बुझ्दैन । हरीले रामलाई आफु काम गरिहेको  जीवन बीमा कम्पनीको बारेमा प्रस्ट्याउँछ र अभिकर्ता बन्न आग्रह गर्छ।

हरीले रामलाई भन्छ, तिमिले जो मार्फत बीमा गराएका छौँ उसले तिमिले बुझाएको हरेक किस्ता मार्फत कमिशन लिने गर्छ । तिमिले किनेको बीमा पालिसिको १० वर्ष सम्म त्यो मान्छेले कमिशन पाउँछ । यस्तै यस्तै कुराहरु रामलाई बताउँदै जान्छ । बीमितले बीमा पोलिसि खरिद गरेको २ वर्ष भए पछि त्यो बीमा बीचमै ब्रेक गर्न पाउँछन् र बोनस सहित रकम पाउछन।

हरीले रामलाई अभिकर्ता बन्ने सल्लाहा दिन्छ । हरीले रामलाई बुझाउदै भन्छ, यदि तिमि आफैले बीमा अभिकर्ताको लाइसेन्स लियौँ भने आम्दानीको बाटो पनि मिल्छ । आफुले आफ्नै बीमा शुरुमा गरौँ भने अरुले खाने कमिशन पनि तिम्रै नाममा जान्छ । हरीले यी यावत कुराहरु सुनाइरहँदा रामले केही बुझे जस्तो गर्छ । र उसले आफ्नो बीमालाई रोक्ने मनसाय पनि बनाउँछ ।

रामले पुरानो बीमा पोलिसी ब्रेक गर्छ र आफुले २ वर्ष सम्म बुझाएको पैसो फिर्ता लिन्छ र अभिकर्ता बनेर आफ्नो बीमा आफै गर्छ।

नेपाली बीमा बजारमा नयाँ कम्पनीहरु थपिएसँगै बीमाको पहुँचमा पनि वृद्धि आएको छ । बीमाको पहुँचमा वृद्धि आएसँगै बीमा क्षेत्रमा विभिन्न खालका विकृतिहरु देखा परेका छन् । अहिले बीमा गराउन अस्वस्थ प्रतिस्पर्धा वृद्धि हुँदै गरेको छ।  प्रतिस्पर्धा राम्रो कुरा हो तर अस्वस्थ प्रतिस्पर्धाले भविष्यमा दुर्घटना निम्त्याउने देखिन्छ।

प्रस्तुत रामको कथामा पनि सोहि घटना प्रस्ट देखिन्छ ।

यस कथाका पात्र हरु काल्पनिक हुन्। 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS