IME Life

बीमा अभिकर्ता लाईसेन्स वितरणमा आएको विकृति

SPIL
NIC ASIA

नयाँ जीवन बीमा कम्पनी आएसँगै बजारमा दिनप्रति दिन प्रतिष्पर्धा बढ्दै गएको छ । नयाँ बीमा कम्पनीको आगमनसँगै बीमाको पहुँच वृद्धि भएपनि त्यससँगै केही विकृति पनि वृद्धि भएका छन् । त्यस्ता विकृति मध्येको एक विकृति हो बीमा अभिकर्ता लाईसेन्स ।

तालिम बिना नै बीमा अभिकर्ता लाईसेन्स
जीवन बीमा व्यवसायको प्रमुख खम्बा मध्यको एक खम्बा बीमा अभिकर्ता हुन् । जीवन बीमा व्यवसायको क्षेत्रमा अभिकर्तालाई खम्बाको रुपमा हेरिन्छ । बैंक तथा वित्तिय संस्थाहरुलाई राम्रो शाखा र पूर्वाधार चाहिए जस्तै जीवन बीमा व्यवसायलाई भने पूर्वाधार भन्दा पनि सबल अभिकर्ताको आवश्यकता पर्दछ । सके सम्म धेरै अभिकर्ता बनाउने लहर चलेसँगै बजारमा बीमा नै नबुझेका अभिकर्ताको जन्म हुन् थालेको छ ।

Prabhu
Crest

बीमा समितिको नियम अनुसार निश्चित तालिम र शुल्क पश्चात पछि मात्रै बीमा अभिकर्ताको लाईसेन्स पाईन्छ तर अहिले बीमा अभिकर्ता बढाउने लक्ष्यको अगाडी तालिम भन्ने शब्द नै हराएको देखिन्छ ।

बीमा अभिकर्ताले नै बीमा भन्ने शब्द राम्रो संग नबुज्दा बीमा क्षेत्रमा थप विकृत बढ्ने निश्चित जस्तै देखिएको छ । अभिकर्ताले आफ्ना ग्राहकलाई १५ वर्षमा पैसा डबल हुन्छ र बीचमा केही भयो भने सम्पूर्ण बीमा बाराबरको रकम तपाईको इच्छाईएको व्यक्तिले पाउँछ बाहेक तेश्रो कुरो आफ्नो ग्राहकलाई भन्न सकेको अवस्था छैन ।

नयाँ बीमा कम्पनीमा मात्र यो प्रकारको विकृति देखिएको छैन । यस्तो खालको विकृति त पुराना लिडर भनिएका केही जीवन बीमा कम्पनीहरुमा पनि रहेको छ । जीवन बीमा कम्पनीहरुमा लिडर कम्पनीको रुपमा नाम स्थापित गरेका कम्पनीहरुले पनि अभिकर्ता तालिम बिना नै लाईसेन्स दिदै आएका छन् ।

घर र कार्यलयमै आईपुग्छ लाईसेन्स
तपाईले केही बीमा कम्पनीका कर्मचारी वा एजेन्सी म्यानेजरलाई सम्पर्क गर्नु भयो भने तपाईको अभिकर्ता लाईसेन्स घर सम्मै आईपुग्छ । तपाईले ४ वटा फोटो, नागरिकताको फोटो कपी र एसएलसीका प्रमाणपत्र दिनु भएमा तपाईको अभिकर्ता लाईसेन्स घरमै आईपुग्छ । यसरी तालिम बिनै घर सम्म आएको बीमा अभिकर्ता लाईसेन्स बाट भविष्यमा कसरी सो अभिकर्ताले ग्राहकलाई कसरी बीमा र बीमा पोलिसी बुझाउछ भन्नेमा संखा गर्ने ठाउँ जति पनि छन् ।

यस्तो विकृतिलाई बीमा कम्पनीहररुको नियमन गर्ने निकाय बीमा समितिले देखे पनि नदेखेको झैँ गरेको छ । समिति यस्ता खालका विकृतिको बारेमा जानकार भए पनि यस्ता विकृतिलाइृ कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको देखिदैँन् । यसरी जथाभावी अभिकर्ता लाईसेन्स दिँदा बीमा व्यवसायमा ठुलो विकृति र जोखिम आउने देखिन्छ । त्यसैले बीमा समितिले यसलाई राम्रोसंग नियमन गर्नु पर्ने देखिन्छ र यस्ता विकृतिलाई घटाउदै लानु पर्ने छ ।

र यो पनि
घरमै पुग्छ अभिकर्ता लाईसेन्स

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS