IME Life

नेपाल इन्स्योरेन्सको लिलामी सेयर कति मूल्यमा बिक्यो ?

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नबिकेको हकप्रदमा ३५६ रुपैयाँसम्म न्यूनतम मूल्य तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सर्वसाधारण समूहको लिलामी सेयरमा कट अफ प्राइस प्रतिकित्ता ३५६ रुपैयाँ कायम भएको हो । यस आधारमा ३५६ रुपैयाँभन्दा कम भाउ राखेर बोलपत्र भर्नेले भने सेयर पाउने छैनन् । नेपाल इन्स्योरेन्सको बिहीबार नेप्सेमा प्रतिकित्ता ३८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

नेपाल इन्स्योरेन्सले जेठ ५ गतेदेखि १ लाख ४७ हजार १०३।०८ कित्ता सेयर लिलामी खुला गरेको थियो । यसमध्ये सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१।३६ कित्ता रहेको छ । यता, संस्थापक समूहको पनि २ हजार ५११।७३ कित्ता सेयर लिलामीमा ल्याइएको हो । संस्थापक सेयरको कट अफ भाउ भने जानकारी गराइएको छैन । बोलपत्र शुक्रबार खोलिएको थियो ।

Prabhu
Crest

कम्पनीले यसअघि ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी गरेको हो । कम्पनीले गत फागुन २१ देखि चैत्र २५ गतेसम्म हकप्रद सेयर बिक्री गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS