चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको अवधिमा जीवन बीमा कम्पनीहरुले ७८ हजार ९ सय ३८ वटा दाबी भुक्तानी गरेको छ ।
कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत्र महिनासम्ममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ३८ हजार ४ सय ९ सय २३ वटा दाबी भुक्तानी गरेको छ ।
त्यस्तै नेपाल लाईफ पछि नेशनल लाईफ इन्स्योरेन्सले १२ हजार ५ सय ४९ वटा बीमालेख जारी गरेको छ । नेशनल लाईफ पछाडि बढी दाबी गर्ने कम्पनी लाईफ इन्स्योरेन्स कर्पोशन रहेको छ । तेस्रो त्रैमासको अवधिमा कम्पनीले ११ हजार ४ सय १७ वटा दाबी भुक्तानी गरेको छ ।
गुराँस लाईफ इन्स्यारेन्सले ५ हजार ७ सय ४ वटा, मेट लाईफ इन्स्योरेन्सले ३ हजार ८ सय ९ वटा, एशीयन लाईफ इन्स्योरेन्सले ३ हजार ४ सय ४१ वटा , प्राईम लाईफ इन्स्योरेन्सले १ हजार ६ सय ५१ वटा, सूर्या लाईफ इन्स्योरेन्सले १ हजार २ सय ३८ वटा, रिलायबल लाईफ इन्स्योरेन्सले ५ सय ७९ वटा, युनियन लाईफ इन्स्योरेन्सले ५६ वटा, सिटिजन लाईफ इन्स्योरेन्स ३७ वटा, आईएमइए लाईफ इन्स्योरेन्सले २५ वटा, सन नेपाल लाईफ इन्स्योरेन्सले ११ वटा, ज्योति लाईफ इन्स्योरेन्सले ९ वटा र रिलायन्स लाईफ इन्स्योरेन्स, प्रभु लाईफ इन्स्यारेन्स, सानिमा लाईफ इन्स्यारेन्स तीन कम्पनीहरुले ४ वटा दाबी भुक्तानी गरेको छ ।