ग्लोबल आइएमई बैंक बन्यो राष्ट्रिय बीमा संस्थानको संस्थागत बीमा अभिकर्ता

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आई.एम.ई. बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक र बैंकका तर्फबाट का.मु. कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासंगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

यस सम्झौता संगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा ग्लोबल आई.एम.ई बैंकका सम्पुर्ण शाखाहरुबाट खरिद गर्न सकिनेछ।यसबाट दुबै पक्षको व्यवसायमा उल्लेखनीय बृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्‍वास राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार