IME Life

दुई बीमा कम्पनीका १९४ जना अभिकर्ता एमडिआरटिमा छनोट

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरु मध्ये मिलियन डलर राउण्ड टेवल (एमडिआरटि) मा भने दुई कम्पनीले मात्रै सदस्यता लिन सकेका छन् । एमडिआरटिको सदस्यता लिने नेपालको पहिलो बीमा कम्पनी एलआइसी नेपाल हो । पछिल्लो समयमा कारोबारको लागि लाइसेन्स प्राप्त गरेको युनियन लाइफले एमडिआरटिको सदस्यता लिएको छ । सन् २०१९ को लागि एलआइसी नेपालका १८४ जना अभिकर्ताहरु योग्य भएका छन् भने ६ जना रजिष्ट्रेशन भईसकेका छन् । त्यस्तै पहिलो पटक एमडिआरटीको सदस्यता प्राप्त गरेकोे युनियन लाइफ इन्स्योरेन्सका १० जना अभिकर्ताहरु २०१९ को लागि चयन भएका छन् ।

Crest

एलआइसि र एमडिआरटि
नेपालका बीमा कम्पनीहरु मध्ये पहिलो पटक एलआइसी नेपालले यो संस्थाको सदस्यता प्राप्त गर्न सफल भएको थियो । मिलिनियम डलर राउण्ट टेबल (एमडिआरटि) मा रजिष्टर हुने पहिलो नेपाली महिला पनि एलआइसि नेपालकै अभिकर्ता थिईन् ।

एमडिआरटिमा प्रवेश पाउँन सफल पहिलो नेपाली महिला संजिता

 

 

 युनियन लाइफ र एमडिआरटि
नेपाली बीमा बजारमा नयाँ बीमा कम्पनीका रुपमा परिचित नाम हो युनियन लाइफ इन्स्योरेन्स । स्थापनाको छोटो समयमै नेपाली बीमा बजारमा राम्रो छाप छोड्न सफल रहको युनियन लाईफ इन्स्योरेन्स कम्पनीले पनि एमडिआरटिको सदस्यता प्राप्त गरेको छ । कम्पनीमा आवद्ध १० जना अभिकर्ताहरु २०१९ को लागि एमडिआरटिमा चयन भएका छन् ।

एमडिआरटिको पूरा रुप हो मिलियन डलर राउण्ड टेवल । सन् १९२७ मा रजिष्टर भएको (एमडिआरटि) एक विदेशी संस्था हो । जहाँ ७२ देशका ५०० कम्पनी सामेल रहेका छन् । यसको प्रधान कार्यालय अमेरिकामा रहेको छ । यो संस्थामा बीमा क्षेत्र र फाइनान्सियल सेक्टरका मानिसहरु भाग लिन पाउँछन् ।

को को सामेल हुन पाउने व्यवस्था रहेको छ
सदस्यता लिएको कम्पनीले टार्गेट पूरा गर्न सफल इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थाले तोकेको समयमा टार्गेट पूरा गरेका व्यक्तिहरुले सहभागी हुन पाउने व्यवस्था रहेको छ । उक्त संस्थामा आवद्ध हुनेहरुले अमेरिकी ५५० डलर सहित दर्ता शु्ल्क पेश गर्नु पर्ने हुन्छ र एमडिआरटि नम्बर पाईन्छ ।

इन्स्योरेन्स तर्फ भने पहिलो वर्ष जनवरी १ देखि डिसेम्बर अन्तिम सम्म्मा ४० लाख २५ हजार रुपैयाँ प्रीमियम संकलन गर्न सफल अभिकर्तालाई कम्पनीले उक्त संस्थाको सेमिनारमा सहभागी हुन सक्नेछन् । साथै १२ लाख रुपैयाँ कमिशन आम्दानी गर्न सफल अभिकर्तालाई त्यहाँ जानका लागि कम्पनीले व्यवस्था मिलाएको हुन्छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS