एलआईसीको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियुक्त

486

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार नियुक्त भएका छन् । कम्पनीको संचालक समिति बैठकले जेठ २ गतेबाट लागू हुने गरि यस बीमकको संचालक समितिको अध्यक्षमा कुमार लाई नियुक्त गरिएको हो ।

यस अघि संचालक समितिको अध्यक्षमा हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नव नियुक्त अध्यक्ष एमआर कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष पनि छन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

उनी बीमा क्षेत्रमा एक अनुभवी व्यक्तिको रुपमा परिचित छन् । उनीसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एलआईसी अफ इण्डियामा सन् १९८३ मा अधिकृत स्तरबाट सेवा शुरु गरेका थिए ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्