सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच बिप्रेषण सम्झौता

76


सिटिजन्स बैंक इन्टरनेसनल र भाटभटेनीमनी ट्रान्सफर बिच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पश्चात भाटभटेनीमनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने भएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नाराका साथे नेपाली जनताको घरदैलोमा बैंकिंङ सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई सेवा पुर्याउदै आएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्